back
CTIZAN AD

४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित

वि.सं.२०७५ कात्तिक २८ बुधवार

633 

shares

२८ कात्तिक, काठमाडौँ । संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ ।

समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो । मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना) मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनेप्याथी भनिन्छ । मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ । मधुमेहले आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने चिकित्सकको भनाइ छ ।

समयमै उपचार नभए अत्यधिक रक्तश्राव भई आँखाको दृष्टि सधैँका लागि गुम्ने खतरा हुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखाको पर्दा विशेषज्ञ डा रबा थापाले बताउछन् । उनले भने, ‘मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको (३० वर्षमुनि हुने मधुमेह) करीब सबै र दोस्रो प्रकारको (३० वर्षपछि हुने) मधुमेहमा करीब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ ।’

आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने र त्यतिबेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा थापाले बताए ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन्न जान्छ । आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहले शरीरका अन्य भागजस्तै आँखाको दृष्टि पर्दाको नसामा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो ।

मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह ः हरेक परिवारको सरोकार’ भन्ने नारासाथ आज विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन् । तिलगङ्गा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाइरहेको छ ।

यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए । अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन् । साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन । मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार १४:३६ मा प्रकाशित

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

संसद्मा चर्कियो विवाद, विपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संघीय संसद्मा बुधबार नेकपा एमालेका नेता रामबहादुर थापा बादल...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...