back
CTIZAN AD

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

वि.सं.२०७५ कात्तिक २८ बुधवार

684 

shares

२८ कात्तिक, काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेसनद्वारा प्रदान गरिने ‘एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ प्राप्त गरेको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

जापानको टोकियोमा कात्तिक २२ गते भएको एशोसिओ समिटमा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घका कार्यकारी सदस्य डा अभिजित गुप्ताले ग्रहण गर्नुभएको उक्त अवार्ड आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे । संस्थाले एशोसिओ आउटस्टयाण्डिङ कम्पनी, आउटस्टयाण्डिङ युजर अर्गनाइजेशन, डिजिटल गभर्नमेन्ट र आइसिटी एजुकेशन गरी चार विधामा अवार्ड वितरण गर्ने गर्छ । त्यसमध्ये नेपाल प्रहरीले सूचना प्रविधि क्षेत्रको महत्वपूर्ण अवार्ड प्राप्त गरेको हो ।

सदस्य राष्ट्रबीच आइसिटी इन्डस्ट्रीलाई प्रवद्र्धन गर्दै आपसी तथा व्यापारिक सम्बन्ध बलियो बनाउने उद्देश्यले जापानमा सन् १९८४ मा उक्त संस्था स्थापना भएको हो । संस्थामा एशिया र ओशिएनियाका २४ देशका सूचना प्रविधिसँग सम्बन्धित १० हजारभन्दा बढी संस्था आबद्घ छन् ।

यसअघि २०७५ भदौ १ गते नेपाल प्रहरीले ‘डिजिटल गभर्नेन्स अवार्ड–२०१८’ प्राप्त गर्न सफल भएको थियो । सूचना प्रविधिको उच्चतम प्रयोग गरेको आधारमा नेपाल प्रहरीले उक्त अवार्ड प्राप्त गरेको हो ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार १६:३७ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...