back
CTIZAN AD

कृषि विश्वविद्यालयमा आगजनी

वि.सं.२०७५ कात्तिक २८ बुधवार

627 

shares

२८ कात्तिक, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा विद्यार्थीहरुले आगजनी गरेका छन् । मङ्गलबार साँझ ७ः३० बजे विश्वविद्यालय केन्द्रीय कार्यालय, कृषि डिनको कार्यालय र प्रशासन कार्यालय भवनको सिसा तोडफोडपछि आगजनी गरेका हुन् ।

प्रहरी चौकी रामपुरका इञ्चार्ज शिवमङ्गल चौधरीका अनुसार डिनको कार्यालय भवनको १५, केन्द्रीय कार्यालयका २५ र प्रशासन भवनको १२ वटा झ्यालका सिसा फुटेका छन् । प्रशासनको ढोका फुटाएर भित्र प्रवेश गरी पेट्रोल छर्किएर फर्निचर र कागजपत्रमा आगजनी गरेको उनले बताए ।

केन्द्रीय कार्यालयको ढोका फोर्न नसकेपछि ढोकामै आगजनी गरेका थिए । तत्काल प्रहरी र विश्वविद्यालयका सुरक्षागार्डले आगो नियन्त्रणमा लिएको उनले बताए । यकिन तथ्याङ्क नआए पनि करीब रु २० लाखको क्षति भएको चौधरीले बताए ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पक्राउ परेकालाई मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाउने बताए । निजी कलेजलाई दिइएको सम्बन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन् । सम्बन्धन दिएका निजी कलेजहरुलाई समेत समेटर कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना प्रक्रिया शुरु गरेपछि प्राध्यापक र विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

वि.सं.२०७५ कात्तिक २८ बुधवार १६:३९ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...