back
CTIZAN AD

बोको हरामको आक्रमणमा सोह्र किसान मारिए, दर्जनौँ बेपत्ता

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

636 

shares

२९ कात्तिक, कानो, नाइजेरिया । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा बोको हराम आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १६ किसानको मृत्यु भएको छ ।

घटनामा अन्य दर्जनौँको सङ्ख्यामा किसान बेपत्ता भएका नागरिक सेना र स्थानीय बासिन्दाले बुधबार जानकारी दिएका छन् ।

नागरिक सेनाको जिहादी समूहसँग भएको झपडमा परी काजाआ र दराआ गाउँमा १५ व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी राजधानी मैदुगरीबाट १३ किलोमिटर टाढा रहेको ग्रेमारी गाउँ नजिकै एक किसानको गोली हानी हत्या गरिएको छ ।

‘हिजो हाम्रा सदस्यहरूले बोको हराम आतङ्ककारी समूहले हत्या गरिएका १५ जना किसानको शव काजाआ र दराआ गाउँको छिमेकी इलाकाबाट निकालेका थिए’ नागरिक सेनाका नेता इब्राहिम लिमानले एएफपी समाचार समितिसँग बताएका छन् ।

अझै पनि बेपत्ता भएका ३५ व्यक्तिको लगातार खोजी कार्यं जारी रहेको बताइएको छ । मारिएका यी किसानहरू नौ वर्षसम्म जारी इस्लामिक आतङ्ककारी समूहको आतङ्ककारीको कारण विस्थापित भएकाहरू रहेका छन्. ।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा बोको हराम आतङ्ककारी समूहले सन् २००९ बाट शुरु गरेको आतङ्कमा परी २७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी १८ लाख व्यक्ति आफ्ना घर गाउँबाट विस्थापित भएका छन् ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १०:२५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...