back
CTIZAN AD

म्याग्दीमा सुरु भयो ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान

वि.सं.२०७५ मंसिर ५ बुधवार

768 

shares

५ मंसीर, गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीबाट ‘एक वडा, एक हेलीप्याड’ निर्माण अभियान शुरु गरिएको छ । आपत्कालीन उद्धार र विपद् व्यवस्थापनको कामलाई व्यवस्थित र सहज बनाउने उद्देश्यले जिल्ला विपद् व्यवस्थापन समितिले हरेक वडामा हेलीप्याड निर्माण अभियान शुरु गरेको हो ।

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । पाखापानीमा गाउँपालिका र वडाको समन्वयमा हेलीप्याड निर्माण गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय तहसँग समन्वय गरेर जिल्लामा रहेका ४५ वटै वडामा हेलीप्याड निर्माणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । हेलीप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपत्मा राहत उपलब्ध गराउन सहयोग पुग्ने प्रजिअ अधिकारीको भनाइ थियो ।

म्याग्दी पर्यटकीय जिल्ला पनि भएकाले यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन र हिमाल आरोहण गर्न आउने पर्यटकलाई पनि सुविधा पुग्ने स्थानीयले बताएका छन् । नदी कटान, भूक्षय र बाढी पहिरोको जोखिम पनि रहेको यस जिल्लामा तत्काल उद्धार र राहतका लागि हेलीप्याड सशक्त माध्यम बन्ने सरोकारवालाको भनाइ रहेको छ ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १३:०५ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...