back

सडक पेटीमा डेन्ड्राइट सुँघेर बस्ने सुरज अहिले टिभीबाट सकारात्मक शन्देस दिन्छन्

वि.सं.२०७५ मंसिर ५ बुधवार

489 

shares
IME Limited
NTC AD
सांकेतिक फोटो

नारायण अधिकारी, चितवन, ५ मङ्सिर । कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी हुन्छन् । करीब चार वर्षको उमेरमा सडकमा गएका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाउने र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त छन् ।

भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै गइन् । केही दिन आमासँगै सौतेनी बाबुकहाँ गए पनि टिक्न कठिन भयो । त्यहाँबाट एक साँझ विकल्पविहीन बनेपछि करीब चार वर्षको उमेरमा आफू सडकमा होमिएको किरण बताउछन् । किरणले भने “मलाई सम्झना छ, विकल्प केही नभएपछि म सडकमा गएँ । पहिलो रात डेन्ड्राइटसहितको कालो नशालु पदार्थ मलाई खुवाए ।” त्यसपछिको केही समय निकै दुःखदायी जीवन सडकमा बितेको उनी सम्झन्छन् ।

पहिलो दिन दुखिया नामको साथी भेटेको स्मरण गर्दै उनले भने, “कैयौँ रात र दिन हामी भोकै बसेका छौँ ।” कवाडी सङ्कलन गर्ने, चोर्नेजस्ता काम गरेर आएको पैसाले बजार नजिकैको तामाङ टोलमा रु १० तिरेर भात खाने गरेको उनलाई सम्झना छ । मान्छेले सडक बालबालिकालाई हेर्ने दृष्टिकोण नकारात्मक छ । बालबालिकाको बाध्यता कसैले नबुझेकामा उनी गुनासो पोख्छन् । यही क्रममा किरण नारायणगढको पुलचोकबाट ‘हाम्रो घर’ को सहारामा पुगे ।

हाम्रो घरकी आमा गङ्गा सिग्देलका अनुसार १० वर्ष हाराहारीको उमेरमा किरणलाई त्यहाँ लगिएको थियो । त्यहीँ बसेर किरणले एसइईसम्मको अध्ययन गरे । त्यसपछि उनी २०६९ सालबाट कालिका एफएममा आबद्ध हभए । रेडियोको प्राविधिकमा काम गर्दै जाँदा सोही समूहले सञ्चालन गरेको कालिका टेलिभिजनमा कार्यक्रम उत्पादन र सञ्चालनसमेत गर्दै आएका छन् ।

सोही क्रममा झण्डै दुई वर्षअघि कालिका एफएममै कार्यरत सविता महतोसँग किरणको विवाह भयो । अहिले सात महीनाकी छोरीसँगै किरण दम्पती कालिका एफएम र टेलिभिजनमा कार्यरत छन् । ‘किरण’ हाम्रो घरले राख्ने थर हो । पहिले उहाँको थर बोहोरा थियो । सडकमै रहँदा एक जना जोगीले उनलाई बेच्नका लागि लग्यो । किरणले भन्नुभयो “मेरो साथीको बुबा जोगी थिए, माग्नका लागि भन्दै निजगढ पु¥याए । मलाई भारत बेच्न लैजान लागेको जस्तो लाग्यो, त्यहीको चिया पसलेलाई भनेँ ।”

घटनाक्रम सुनाउँदै उनले थपे “पसलेले प्रहरीलाई भनेपछि जोगी पक्राउ परे । मलाई चिया पसलेले पाले । उनीहरु कँडेल थिए । त्यसैले थर कँडेल लेख्दै आएँ ।” केही समय निजगढ बसेका किरण फेरि नारायणगढ बजारको सडकमा फर्किए । त्यसपश्चात् किरणलाई हाम्रो घरले आश्रय दिएको हो । उनको एउटा भाइ कक्षा १० मा पढ्दै विहान बेलुका पसलमा काम गर्छ । उनलाई छाडेकी आमाको बारेमा खासै थाहा नभएको किरणको भनाइ छ ।

उनलाई आश्रय दिएको हाम्रो घरकी सचिव मीना खरेलका अनुसार हालसम्म सो संस्थाले ६१ सडक बालबालिकालाई पुनःस्थापना गरेको छ । हाल हाम्रो घरमा २१ भाइ र आठ बहिनी छन् । बाँकी नौले पेशा÷व्यवसाय गरिरहेका छन् । अन्यलाई परिवारसँग पुनःस्थापना गराइएको खरेल बताउछीन् । सडकबाट पुनःस्थापना गरी हुर्काएर पेशा÷व्यवसायमा लगाई घरजमसम्म भएको देख्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको सामाजिक अभियन्तासमेत रहेकी खरेलले भनिन् ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १३:२१ मा प्रकाशित

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...