back
CTIZAN AD

सडक पेटीमा डेन्ड्राइट सुँघेर बस्ने सुरज अहिले टिभीबाट सकारात्मक शन्देस दिन्छन्

वि.सं.२०७५ मंसिर ५ बुधवार

699 

shares
सांकेतिक फोटो

नारायण अधिकारी, चितवन, ५ मङ्सिर । कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी हुन्छन् । करीब चार वर्षको उमेरमा सडकमा गएका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाउने र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त छन् ।

भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै गइन् । केही दिन आमासँगै सौतेनी बाबुकहाँ गए पनि टिक्न कठिन भयो । त्यहाँबाट एक साँझ विकल्पविहीन बनेपछि करीब चार वर्षको उमेरमा आफू सडकमा होमिएको किरण बताउछन् । किरणले भने “मलाई सम्झना छ, विकल्प केही नभएपछि म सडकमा गएँ । पहिलो रात डेन्ड्राइटसहितको कालो नशालु पदार्थ मलाई खुवाए ।” त्यसपछिको केही समय निकै दुःखदायी जीवन सडकमा बितेको उनी सम्झन्छन् ।

पहिलो दिन दुखिया नामको साथी भेटेको स्मरण गर्दै उनले भने, “कैयौँ रात र दिन हामी भोकै बसेका छौँ ।” कवाडी सङ्कलन गर्ने, चोर्नेजस्ता काम गरेर आएको पैसाले बजार नजिकैको तामाङ टोलमा रु १० तिरेर भात खाने गरेको उनलाई सम्झना छ । मान्छेले सडक बालबालिकालाई हेर्ने दृष्टिकोण नकारात्मक छ । बालबालिकाको बाध्यता कसैले नबुझेकामा उनी गुनासो पोख्छन् । यही क्रममा किरण नारायणगढको पुलचोकबाट ‘हाम्रो घर’ को सहारामा पुगे ।

हाम्रो घरकी आमा गङ्गा सिग्देलका अनुसार १० वर्ष हाराहारीको उमेरमा किरणलाई त्यहाँ लगिएको थियो । त्यहीँ बसेर किरणले एसइईसम्मको अध्ययन गरे । त्यसपछि उनी २०६९ सालबाट कालिका एफएममा आबद्ध हभए । रेडियोको प्राविधिकमा काम गर्दै जाँदा सोही समूहले सञ्चालन गरेको कालिका टेलिभिजनमा कार्यक्रम उत्पादन र सञ्चालनसमेत गर्दै आएका छन् ।

सोही क्रममा झण्डै दुई वर्षअघि कालिका एफएममै कार्यरत सविता महतोसँग किरणको विवाह भयो । अहिले सात महीनाकी छोरीसँगै किरण दम्पती कालिका एफएम र टेलिभिजनमा कार्यरत छन् । ‘किरण’ हाम्रो घरले राख्ने थर हो । पहिले उहाँको थर बोहोरा थियो । सडकमै रहँदा एक जना जोगीले उनलाई बेच्नका लागि लग्यो । किरणले भन्नुभयो “मेरो साथीको बुबा जोगी थिए, माग्नका लागि भन्दै निजगढ पु¥याए । मलाई भारत बेच्न लैजान लागेको जस्तो लाग्यो, त्यहीको चिया पसलेलाई भनेँ ।”

घटनाक्रम सुनाउँदै उनले थपे “पसलेले प्रहरीलाई भनेपछि जोगी पक्राउ परे । मलाई चिया पसलेले पाले । उनीहरु कँडेल थिए । त्यसैले थर कँडेल लेख्दै आएँ ।” केही समय निजगढ बसेका किरण फेरि नारायणगढ बजारको सडकमा फर्किए । त्यसपश्चात् किरणलाई हाम्रो घरले आश्रय दिएको हो । उनको एउटा भाइ कक्षा १० मा पढ्दै विहान बेलुका पसलमा काम गर्छ । उनलाई छाडेकी आमाको बारेमा खासै थाहा नभएको किरणको भनाइ छ ।

उनलाई आश्रय दिएको हाम्रो घरकी सचिव मीना खरेलका अनुसार हालसम्म सो संस्थाले ६१ सडक बालबालिकालाई पुनःस्थापना गरेको छ । हाल हाम्रो घरमा २१ भाइ र आठ बहिनी छन् । बाँकी नौले पेशा÷व्यवसाय गरिरहेका छन् । अन्यलाई परिवारसँग पुनःस्थापना गराइएको खरेल बताउछीन् । सडकबाट पुनःस्थापना गरी हुर्काएर पेशा÷व्यवसायमा लगाई घरजमसम्म भएको देख्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको सामाजिक अभियन्तासमेत रहेकी खरेलले भनिन् ।

वि.सं.२०७५ मंसिर ५ बुधवार १३:२१ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...