back
CTIZAN AD

मानवअधिकार उल्लङ्घनका ६४ घटना

वि.सं.२०७५ मंसिर ६ बिहीवार

705 

shares

६ मङ्सिर, कावासोती । नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र इन्सेक नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए ।

बलात्कार तथा यौन दुव्र्यवहारका ३१ घटनामा २२ बालिका पीडित थिए तर तीमध्ये छ घटनाका आरोपीलाई नवलपुर जिल्ला अदालतले सफाइ दिएको थियो । घरेलु हिंसामा १४, राज्यबाट गिरफ्तारसम्बन्धी तीन, गैरराज्य पक्षबाट हत्या भएका ६, बहुविवाहसम्बन्धी तीन र मौलिक अधिकार, कुटपिट, एसिड प्रहार, मानव बेचबिखन, परिवारजनबाट हत्या प्रयास र भौतिक क्षतिसम्बन्धी एक÷एक घटना भएको उक्त संस्थाका जिल्ला प्रतिनिधि तीर्थराज डुमे्रले जानकारी दिए ।

नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सकिने प्रहरी उपरीक्षक रमेश थापाले बताए । चेतनाको कमीले केही घटना प्रहरीमा ढिला गरी आउने गरेकाले कारवाही प्रक्रियामा समस्या हुने गरेको उनले बताए । मानवअधिकार सञ्जाल नवलपुरका अध्यक्ष भूपेन्द्र खनालले पीडितपक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सिर्जना गर्न सके यस्ता घटनामा कमी हुनेमा जोड दिए ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १०:४० मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...