back
CTIZAN AD

चिसो बढेसँगै चौँरीगोठ बेँसीतिर

वि.सं.२०७५ मंसिर ६ बिहीवार

624 

shares

६ मङ्सिर, मङ्गलबारे बेँसी ।  केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका रीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो ।

अत्याधिक चिसो हुन थालेपछि चौँरीहरू आफसेआफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् । तिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरू भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवाका पञ्चबहादुर राईले बताउनुभयो । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करीब ५० चौँरीगोठ चिसोबाट न्यानोतर्फ सरेका छन् ।

असोज महीनादेखि गोठ उँधो झर्ने क्रम शुरू हुन्छ । चिसो नहअटेसम्म ती गोठ बेँसीमै रहन्छन् । वैशाख महीनादेखि गोठ उभो लाने क्रम शुरू हुने माइमझुवाका चौँरीपालक लालबहादुर राईले बताए ।

पुस ५ देखि इलाममा पर्यटन महोत्सव

इलाम सदरमुकाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार मञ्चको आयोजनामा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आयोजना गरिने भएको हो ।

यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले बताए । इलाम बजारस्थित ठूलो टुँडिखेलमा आयोजना हुने महोत्सवमा इलाम, पाँचथर, ताप्लेजुङ र झापा जिल्लाका स्थानीय उत्पादन, कलासंस्कृति, राष्ट्रिय कलाकारको प्रस्तुति, रमाइलो मेला, जातीय खानाको परिकार, प्रदेश नं १ का होटल व्यवसायीको भेलालगायत अन्य कार्यक्रम राखिने जनाइएको छ । इलामलगायत साविक मेचीका पर्यटकीयस्थलको प्रचारप्रसारका लागि महोत्सवले टेवा पुग्ने विश्वास लिइएको छ ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार ११:०७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...