back
CTIZAN AD

अवैध उत्खनन गर्ने ट्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि

वि.सं.२०७५ मंसिर ६ बिहीवार

693 

shares

 

६ मंसीर, नारायणपुर । दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएका छन् । प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर तुलसीपुर सुकौरा क्षेत्र र दङ्गीशरण गाउँपालिकाको बबई दोभानबाट आठ वटा ट्र्याक्टर नियन्त्रणमा ल्याएका हुन् ।

प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दङ्गीशरण गाउँपालिकाको बबई नदीको दोभान क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो भने उपप्रमुख पौडेलको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उपमहानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन गरिरहेका चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ट्र्याक्टरलाई प्रहरीको जिम्मा लगाएको छ । “दाङका खोला तथा नदीबाट ढुङ्गा उत्खनन गर्ने काम रोकिएन ।” समन्वय समितिका प्रमुख नेपालीले भने, “अब आफैँ खोलामै पुगेर रङ्गेहात पक्राउ गर्ने र नियन्त्रणमा लिनको लागि हामी आफैँले सक्रियता देखाएका छौँ ।”

पक्राउ परेका ट्र्याक्टरलाई जरिवाना गरेर छोड्दै आएको छ तर अब पक्राउ परेका ट्र्याक्टर तथा मेशिन र संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान शुरु गरिने प्रमुख नेपालीले बताए । जनप्रतिनिधिको टोलीले तुलसीपुर र दङ्गीशरणको खोला र बबई नदीका १७ स्थानमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि अनुगमनसमेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो ।

 

वि.सं.२०७५ मंसिर ६ बिहीवार १३:०६ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...