back
CTIZAN AD

कैदीबन्दीका छोराछोरीको सहारा बने महतारा

वि.सं.२०७५ मंसिर ६ बिहीवार

738 

shares
फाइल : फोटो

६ मंसीर, लमही । नयाँ वर्ष होस् वा दशैँ–तिहार । कुनै विशेष अवसर वा अन्य समयमा दाङ तुलसीपुरका टोपबहादुर महताराले कैदीबन्दी, आर्थिक अवस्था कमजोर र सहाराविहीन बनेका बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

महताराले पछिल्लो समय विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका छोराछोरीको शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्दै आउनुभएको छ । विभिन्न कारागारमा रहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई पीडित सेवा सङ्घमार्फत महताराले त्रैमासिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएका छन् । एक जनालाई तीन महीनाको तीन हजारका दरले छात्रवृत्ति उपलब्ध गराइएको सङ्घका जिल्ला संयोजक महताराले बताए ।

दाङ, सल्यान, रुकुम र रोल्पा कारागारमा रहेका कैदीबन्दीका ३६ जना छोराछोरीलाई शिक्षाबाट वञ्चित हुन नदिन सहयोग गरेको उनको भनाइ थियो । अभिभावक कारागारमा हुँदा विद्यार्थीको पठनपाठनमा नकारात्मक असर पर्ने भएकाले नियमित आर्थिक सहयोग गर्दै आएको भन्दै उनले पढाइ खर्चका लागि एक जनालाई वार्षिक रु १२ हजार छात्रवृत्ति प्रदान गरेका छन् । साथै शैक्षिक, सरसफाइ सामग्री तथा कपडा पनि सहयोग गरेका छन् । महताराले ६ वर्षअघि सात जनाबाट शुरु गरेकोमा अहिले बालबालिकाको संख्या ३६ पुगेको छ ।

आउँदो नयाँ शैक्षिक सत्रदेखि थप २० जनालाई त्यस्तो सुविधा प्रदान गर्ने तयारी उनकोे रहेको छ । यसप्रकारको सहयोगले गर्दा अहिले कैदीबन्दीका बालबालिका नियमित विद्यालय गइरहेका छन् । पढाइ स्तर पनि बढ्दै गइरहेको छ ।
अभिभावक बिना विकले श्रीमान् जेलमा रहँदा पैसा कमाउने कोही नभएको अवस्थामा छोराछोरीलाई पढाउन समस्या हुँदा महताराले सहयोगी हात अघि बढाएपछि सहज भएको बताए । कुनै समय आर्थिक अभावमा सडकमा भौँतारिएर हिँड्ने बालबालिकाहरु अहिले विद्यालय जान थालेका छन् । अभिभावक बिनाले पढ्नलाई शिक्षण सामग्री र छात्रवृत्ति दिँदा परिवारलाईसमेत सहज बनाएको छ भने ।

साथै महताराले कैदीबन्दीलाई आत्मनिर्भर बनाउन कारागारभित्रै विभिन्न तालीम दिने गरेका छन् । जसले गर्दा कारागारभित्रै उनीहरुले विभिन्न सामग्री बनाएर आम्दानीसमेत गरेका छन् । कैदीबन्दीले निर्माण गरेका मुडा, कुर्सी, कुचोले बजार पाउने गरेका छन् । त्यस्तै सडकमा हिँडिरहेका, सहाराविहीन बालबालिकालाई पनि शिक्षादीक्षाका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १३:१३ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...