back
CTIZAN AD

वडाको काम होटल र चिया पसलबाट गर्छन् वडाअध्यक्षहरु

वि.सं.२०७५ मंसिर ६ बिहीवार

570 

shares

६ मंसीर, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भने “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।”

“जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भनाइ आएपछि कार्यक्रममा सहभागी वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ का अध्यक्षहरूले टाउको हल्लाएर हुन्छ भन्ने समर्थन जनाउनुभयो । यो प्रतिनिधि विषय मात्र हो ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि पुरानै प्रवृत्ति देखिएको छ । वडाध्यक्षहरू अहिले पनि झोलामा कार्यालयका सबै सामग्री बोकेर सदरमुकामकै होटल तथा चिया पसलबाट नागरिकका काम सिफारिश गर्ने गरेको पाइएको छ । सरकारले गाउँगाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेको भए पनि वडाका कार्यालयको सेवा भने सदरमुकाम केन्द्रित नै बनिरहेपछि नागरिकको सास्ती ज्यूँका त्यूँ बनेको हो । वडाध्यक्षहरू सदरमुकाम केन्द्रित बन्दा नागरिकले सहजरूपमा सेवा पाउन नसकेको गुनासो छ ।

राजनीतिक भेला, गोष्ठी, समारोह र व्यवसाय सदरमुकाममा हुने गरेकोले जनप्रतिनिधिहरू सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्ने गरेका कारण सेवाग्राही मर्कामा परेको गुनासो आउन थालेको छ । सम्बन्धित स्थानीय तहले पनि कडाइ नगर्दा यो समस्या आएको प्रजिअको ढकालको भनाइ छ ।

कुश्मा नगरपालिका–३ दुर्लुङको सम्पर्क कार्यालय सदरमुकामस्थित वडा नं ४ दुर्लुङ चोकमा भाडामा राखिएको छ । फलेवास नगरपालिका–११ पाङराङका वडाध्यक्ष शेरबहादुर सुनुवार कुश्मा नगरपालिका–५ मै व्यवसाय गरेर बसिरेहेका छन् उनले हरेक काम आफ्नो पसलबाट गर्दै आएका छन् । त्यसैगरी मोदी गाउँपालिका–४ क्याङका अध्यक्ष मनकुमार पुन पनि सचिवसहित अधिकांश समय सदरमुकामकै एक होटलमा बसेर जनताका काम गर्दै आएका छन् ।

त्यस्तै कुश्मा नगरपालिकाकै वडा नं ११ पकुवाका अध्यक्ष शिव पौडेल कुश्माबजारमै होटल व्यवसायमा हुनुहन्छ भने वडा नं १० पिपलटारीका सुजन विक सुनचाँदी व्यवसाय गर्दै आउनुभएको छ । जिल्लाका सात वटा स्थानीय तहका ६१ वडामध्ये अधिकांश वडाध्यक्ष र सचिव कार्यालयमा नबसेको पाइएको भन्दै प्रजिअ ढकालले असन्तुष्टि व्यक्तसमेत गरेका छन् । वडाध्यक्षहरूले सदरमुकाम नछाड्ने भएपछि आफूहरू पनि सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्दै आएको वडा सचिवहरूको भनाइ छ ।

वडा सचिव तोयानाथ शर्माले वडाध्यक्षको वडामा भन्दा सदरमुकाममा नै बाक्लो बसाइ भएका कारण सेवाग्राहीको सहजताका लागि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए । फलेवास नगरपालिका–११ पाङराङका बासिन्दाले पनि नगरपालिकामा आएर वडाध्यक्षको सिफारिश लिनुपर्दा सास्ती पाएको बताएका छन् । अध्यक्ष शेरबहादुर सुनुवारले घर नै सदरमुकाममा भएका कारण धेरै सेवाग्राही कुश्मा आउने भएपछि घरबाटै सेवा दिँदै आएकोले नागरिकलाई खासै असहज नभएको बताए ।

जिल्ला प्रशासन कार्यालय रहेको कुश्मा र इलाका प्रशासन कार्यालय रहेको हुवासबजारमा जनप्रतिनिधि र वडा सचिवहरू बस्ने गर्दा गाउँकै वडा कार्यालयबाट सहजरूपमा सेवा पाउन नसकेको भन्दै यसका लागि सम्बन्धित स्थानीय तहले कडाइ गर्नुपर्ने वडा नं ३ दुर्लुङका कुल शर्माले बताए । अहिले नागरिक वडा तहमा ३५ वटा सेवा लिन जाने गरेका छन् । वडा कार्यालयमा धेरै जिम्मेवारी भए पनि जनप्रतिनिधिको जवाफदेहीतामा कमी आउँदा वडा कार्यालय सदरमुकामबाटै सञ्चालनमा भएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुपूर्व पनि पर्वतका साबिकका ५५ वटै गाविसका सचिवहरू सदरमुकाममै बसेर काम गर्दै आएका थिए ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १४:०१ मा प्रकाशित

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

प्रचण्डले आज संसदमा सम्बोधन गर्ने 

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...