back
CTIZAN AD

दलित अगुवा टीका विकको निधन

वि.सं.२०७५ मंसिर ६ बिहीवार

732 

shares

६ मंसीर, बाजुरा । दलित अगुवा, नेकपाका नेता एवं बूढीगंगा नगरकार्यपालिका सदस्य टीका विकको बुधवार निधन भएको छ । भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका विकको ४१ वर्षको उमेर निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
पित्तथैली र पेटको समस्याका कारण दिल्लीमा उपचार गराइरहेका विकको अस्पतालमै उपचारका क्रममा निधन भएको आफन्त समेत रहनुभएका नेकपाका नेता भरत थापाले जानकारी दिए । विकले ६ महिना पहिले मात्र काठमाडौंँमा पित्तथैलीमा रहेको पत्थरीयाको शल्यक्रिया गराउनुभएको थियो ।
हलिया मुक्तिको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएका विक दुई दशकदेखि दलित अधिकारका पक्षमा सङ्घर्षरत थिए । उनका श्रीमती र दुई सन्तान छन् ।
राजनीतिक आस्था र विचारभन्दा माथि उठेर वर्गीय आन्दोलनका पक्षमा लड्ने व्यक्तित्व विकले बाजुराको नागरिक आन्दोलनको समेत अगुवाइ गरेको थियो । विकले सम्हालेको नेतृत्व र भूमिकाकै कारण हलियाको मुक्तिका लागि पुगेको बताइन्छ ।
विद्यार्थी जीवनदेखि नै समाजसेवा, विभेदरहित समाज र अन्यायका विरुद्धमा लड्ने स्वभावका विकले पार्टी राजनीतिमा हुँदा पनि समाज विकास र दलित समुदायलाई पहिलो प्राथाकितामा राखेर काम गरेका थिए ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १५:५८ मा प्रकाशित

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

नीलगाई र बँदेलको आतङ्कले महोत्तरीका किसान चिन्तित

महोत्तरी । यहाँका बस्तीबस्तीमा नीलगाई र बँदेलको सङ्ख्या बढेको छ...

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्र राजमार्गको अतिक्रमन क्षेत्र खाली गर्न निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमन...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको...