
६ मंसीर, झापा । झापा बुद्धशान्ति १ का जेष्ठ नागरिक हरिप्रसाद वाग्लेको एक सय ६ औं जन्मोत्सव मनाइएको छ । बुद्धशान्ति १ मा बस्दै आएका वाग्लेको बुधबार आप्mनै निवासमा आफन्त छरछिमेकहरुको उपस्थितिमा जन्म दिन मनाइएको हो ।
इलामको मलिममा बुवा स्व.प्रभाखर वाग्ले र आमा स्व.धनमाया वाग्लेको जेठा छोराका रुपमा १९७० साल मंसिर ५ गते जन्मिएका हरिप्रसाद वि.स. २०१४ सालदेखि झापाको बुधबारे वस्दै आएका छन् । उनका ५ छोरा र २ छोरी भए पनि अहिले उनका २ छोरा र २ छोरी मात्र छन् । उहाँकी श्रीमति हर्कमायाको २०४९ सालमा निधन भएको थियो । उनका एक मात्र भाई जयनारायण वाग्लेको पनि केही वर्ष अघि निधन भईसकेको छ ।
कान्छा छोरा बेदप्रसाद वाग्लेसँग बस्दै आएका हरिप्रसादका जनाति जनातिना पनि रहेका छन् । शारिरीक रुपमा होचो कदका वाग्ले शाकाहारी भोजन ग्रहण गर्छन् । आँखा कम देखेपनि उनका कान स्वस्थ रहेको छ । कुनै बेला साहासिक काम गर्न पछि नपर्ने उनी यतिवेला भने केहि कमजोर छन् ।
राणा शासन मज्जाले अनुभव गरेका उनको आधा उमेर पशुपालनमा वित्यो । सबैको भलो चिताउने उनी शालिन प्रवृतिको छन् । सबैलाई सेवा गर्दा मन खुसी हुन्छ भन्ने उनी सेवाकै लागि मानव जिवन भएकाले जिवन भर निस्वार्थ सेवामा लाग्नेहरु स्वस्थ हुने र उनीहरुकै लागि स्वर्ग बनेको बताउँछन् ।
शारिरीक रुपमा स्वस्थ भएको बेला सन्तानसँग भलाकुसारी गर्न मनपराउने उनी विशेष गरी पनाति पनातिनिहरुसँग ठट्टा गर्न रुचाउछन् ।
उनकोे जन्मदिनमा धेरैले आर्शिवाद पनि थापेका छन् । जन्मदिनमा शुभकामना दिन आउनेलाई उनले खुसी र सुखि हुनु पर्ने आर्शिवाद दिएका छन् ‘मलार्ई परलोक जान मन लागेको छ उनी आप्mना सन्तानहरुसँग कहिले काहिँ ठट्टा गर्दै भन्छन्, ‘मेरो जिवनको भोगाई सकिएको छ र जिवन भोग्न पनि मन नलागेकाले परलोकमा लैजान भगवान धेरै चोटि अनुरोध गरेको छु खै लैजानुहुन्न ।’
वि.सं.२०७५ मंसिर ६ बिहीवार १६:०७ मा प्रकाशित