back
CTIZAN AD

नेपालका अपाङ्गका अवस्था बारे लण्डनमा प्रतिवेदन पेश गर्दै गंगा रायमाझी

वि.सं.२०७५ मंसिर ६ बिहीवार

807 

shares

६ मंसीर, काठमाडौं । डिसेम्वर २ तारिखमा हुन गईरहेको विश्व अपाङ्ग दिवसमा भाग लिन नेपालको प्रतिनिधीत्व गर्दै गुल्मीको आशा अपाङ्ग केन्द्र तम्घासकीे गंगा रायमाझी लण्डन जाने भएकी छन् ।
गुल्मी जिल्ला युके समाज वेलायतको छनौटमा त्यस केन्द्रकी उपाध्यक्ष रहेकी रायमाझीले डिसेम्वर २ तारिख दिउँसो तीन बजे देखि लण्डनको उल्वेज लोटर्स क्लवमा हुने विश्व अपाङ्ग दिवसमा नेपालका अपाङ्गहरुको अवस्था बारे प्रतिवेदन पेश गर्नेछिन् ।

गुल्मीको छापाहिलेमा जन्मीएकी रायमाझी जन्मेको तीन महिनामै आगोमा परेर दुबै खुट्टा गुमाएकी थिइन् ।
रायमाझीले गुल्मी जिल्ला युके समाजले आफूलाई यस्तो अवसर जुराइदिएको भन्दै समाजप्रति कृतज्ञता जाहेर गरेकी छन । उनले त्यस अवसरमा वेलायतभर रहेका नेपालहरुको सहभागिताका लागि अनुरोध समेत गरेकी छन । आयोजक संस्थाले समेत वेलायतमा रहेका नेपालीहरुलाई सहभागिताका लगि निमन्त्रणा गरेको छ ।

गुल्मी जिल्ला युके समाज वेलायतले गुल्मीका अपाङ्गहरुको उद्धारका लागि गुुल्मीको तम्घासस्थित आशा अपाङ्ग केन्द्रमार्फत सन् २०११ देखि हाल सम्म गरेको सहयोग रकमको बिबरण पेश समेत गर्ने छन । त्यस कार्यक्रममा नेपालको तर्फबाट रायमाझीलाई निमन्त्रण गरिएको र त्यसका लागि भिसा समेत बनि सकेको गुल्मी जिल्ला युके समाजका अध्यक्ष राम गलामीले जानकारी दिए ।

उनका अनुृसार त्यस कार्यक्रममा वेलायतभर रहेका नेपाली, स्थानिय सरोकारवाला , अन्य मुलुकका प्रतिनिधीहरुले समेत भाग लिने छन । समाजका महासचिव शिव भण्डारीका अनुसार कार्यक्रमलाई भव्य पार्न अहिले देखि नै तयारी थालिएको छ । समाजका उपाध्यक्षत्रयः टोप पल्ली, फणिन्द्र भण्डारी, राजन खरेल, सचिव बिर वलाल, कोषाध्यक्ष तारानाथ भण्डारी, सहसचिव राम सापकोटा लगायत विभिन्न उप–समितिमा रहेर तयारलाई तिव्र तयारी थालेको महासचिव भण्डारीले जानकारी दिए ।

बेलायतमा नौमति बाजा संरक्षणका प्रणेता तथा समाजका संस्थापक अध्यक्ष ओम थापाका अनुसार अपाङ्गता लगायत विपदमा परेका नेपालीहरुको उद्धारका लागि समाजले बर्षऔ अघि देखि सक्रियता बढाउँदै आएको छ ।

समाजले गुल्मीको आशा अपाङ्ग केन्द्रलाई समेत एम्वुलेन्स सहित हाल सम्म ३३ लाख भन्दा बढि सहयोग गरेको छ । उसको सहयोगबाट हाल सम्म आशा अपाङ्ग केन्द्रबाट जिल्लाका साढे सात हजार भन्दा बढि अपाङ्गहरुले उपचार र स्वरोजगार पाएका छन ।

त्यस्तै बेलायत मार्फत नेपालको नौमति बाजालाई विश्वभर फैलाउन सफल प्रथम नौमजि बाजा संरक्षण समिति युकेले समेत तीन लाख भन्दा बढि सहयोग गरेको छ । न्युजरलाईन्डका रव वुकाननले स्थापना र सञ्चालन गरेको उक्त केन्द्रमा अमेरिका लगायत विभिन्न दातृ नियकाले सहयोग गरेका छन् ।

वि.सं.२०७५ मंसिर ६ बिहीवार १६:४७ मा प्रकाशित

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

संसद् बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित...