
५ मंसीर, काठमाडौं । गैरआवासीय नेपाली संघले नेपालका विभिन्न जिल्लाहरुमा परोपकारी तथा सामाजिक कार्यहरु स्थापनाकालदेखी नै गर्दै आएको छ । यस अन्तर्गत संघले समय समयमा हिडडुल गर्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि एनसिसि जापानको सहयोगमा ह्वील चेयरहरु उपलब्ध गराउँदै आएको छ ।
संघको तर्फबाट जापानका आइसिसि सदस्य तथा परोपकारी मानव कल्याण सहायता समिति एशिया प्रशान्त क्षेत्रका संयोजक कपिलदेव थापाले संघको स्थापनाकाल देखी नै जापानका विभिन्न संघ संस्थाहरुको सहयोगबाट ह्वील चेयरहरु नेपाल ल्याई हिड्न नसक्ने व्यक्तिहरुलाई वितरण गरी सामाजिक तथा परोपकारी कार्यमा सहयोग गरिरहेका छन् ।
हाल विभिन्न जिल्लाहरुमा हिडडुल गर्न नसक्नेहरुको ठूलो संख्या रहेको छ र उनीहरुलाई ह्वील चेयरको आवश्यक्ता रहेको छ । यसैलाई मध्य नजर गरेर नेपालमा हिड्न नसक्ने व्यक्तिहरुको सहयोगको लागि ह्वील चेयर उपलब्ध गराउन जापानको Sakura Wheel Chair Project, Mobliity Device Kathmandu Nepal गैरआवासीय नेपाली संघ वीच आज एक सहमती पत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा जापानको साकुरा ह्वील चेयर परियोजनाको तर्फबाट अध्यक्षSaito Sho, Mobliity Device Kathmandu, Nepal संस्थाबाट अध्यक्ष कृष्ण राज चौधरी र गैरआवासीय नेपाली संघको तर्फबाट अध्यक्ष भवन भट्टले सहमति पत्रमा हस्ताक्षर गरेकम थिए । सो सम्झौता पत्रमा परोपकारी तथा मानवकल्याण हित समिति एशिया प्रशान्तका क्षेत्रीय संयोजक कपिल देव थापाले पनि हस्ताक्षर गरेका थिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघका गितिविधिहरु बारे जानकारी गराउँदै ह्वील चेयर उपलब्ध गराएर सहयोग गरेकोमा जापानको साकुरा ह्वील चेयर परियोजना प्रति आभार प्रकट गरेका थिए ।
प्राप्त भएका ह्वीचेयरहरु मोविलिटी डिभाइस काठमाडौं नेपाल सँगसंग समन्वय तथा सहकार्य गरेर आवश्यक व्यक्तिहरुलाई वितरण गरिने छ ।
वि.सं.२०७५ मंसिर ६ बिहीवार १७:३४ मा प्रकाशित





























