back
CTIZAN AD

पूर्व कर्मचारी समाजमा पौडेल

वि.सं.२०७५ मंसिर ८ शनिवार

594 

shares

८ मंसीर, काठमाडौँ । निजामती, संस्थान, वित्तीय संस्था, विश्वविद्यालय एवं कम्पनीहरुबाट सेवानिवृत्त भएका प्रजातन्त्रवादी कर्मचारीहरुको साझा संस्था पूर्व कर्मचारी समाजको यहाँ सम्पन्न भेलाले वटुकृष्ण पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

समाजको वरिष्ठ उपाध्यक्षमा केशवप्रसाद शर्मा न्यौपाने, उपाध्यक्ष विश्वमणि पौडेल, महासचिव ऋषिराम आचार्य, सचिव माधवप्रसाद न्यौपाने र कोषाध्यक्षमा मधुसुदन गौतम निर्वाचित भएका छन् ।

सदस्यमा अजितकुमार मूल, बच्चुराम न्यौपाने, युवराज भट्टराई, गुह्यश्वरी शाक्य, विश्वराज भट्टराई, चेतप्रसाद गुप्ता, रुद्रनाथ अधिकारी, विश्वमणि शर्मा, राजाराम थापा, सूर्यमणि पौडेल, किरणबहादुर माकाजू, दामोदर न्यौपाने र चक्रबहादुर शाही चयन भएका छन् ।

भेलालाई संवोधन गर्दै नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी समयमै महाधिवेशन र महासमितिको बैठक गरी पार्टीलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिनुभयो । पूर्वमन्त्री शङ्कर भण्डारीले पनि नेपाली काङ्ग्रेसले बलियो प्रतिपक्षीको भूमिका खेल्न सक्नुपर्ने बताए ।

वि.सं.२०७५ मंसिर ८ शनिवार १४:४२ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...