back
CTIZAN AD

वि.सं.२०७३ कात्तिक ८ सोमवार

864 

shares

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

८ कात्तिक, विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आइतबार सम्पन्न भएको छ ।

घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आपूmखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग गरिएको छ ।

ज्येष्ठ नागरिकका लागि बनेको नागरिक ऐन, २०६३ र बनेको नियमावली, २०६५ आवश्यक संयन्त्र बनाई यथाशीघ्र लागू गरिनुपर्ने, संवैधानिक हैसियतको ज्येष्ठ नागरिक आयोग गठन हुनुपर्ने, सार्वजनिक साधनमा सिट आरक्षित र ५० प्रतिशत भाडामा छुट र स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
यस्तै, ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री अनिवार्य गर्नुपर्ने, प्रत्येक प्रदेशमा एउटा÷एउटा ज्येष्ठ नागरिक ग्रामको व्यवस्था, बिमाको व्यवस्था, प्रत्येक सरकारी अस्पतालमा कम्तीमा १० शय्याको ज्येष्ठ नागरिक वार्डको व्यवस्थाको माग गरिएको छ ।

यसका साथै, राजनीतिक दलहरुले ज्येष्ठ नागरिक विभाग गठन गर्नुपर्ने, स्थानीय निकायले सार्वजनिक स्थलमा ज्येष्ठ नागरिक सेवाकक्ष राख्नुपर्ने, मासिक भत्ता वितरणलाई अझ सहज बनाउनुपर्ने र प्रत्येक वर्ष १ अक्टोबरमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउनुपर्ने विषयमा घोषणापत्रले जोड दिएको छ ।

सो अवसरमा ज्येष्ठ नागरिक महोत्सवका संयोजक एवम् सांसद भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकका लागि बनाइएका ऐनहरु कार्यान्वयनमा नआएकाले यस विषयमा सवैले गम्भीर हुनुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले महोत्सवमा प्रदेश नं १ का तीनहजार सातजना ज्येष्ठ नागरिक सहभागी भएको र यसका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले आ–आफ्नो जिम्मेवारी लिएर व्यवस्था मिलाइएको जानकारी गराउनुभयो ।

सो अवसरमा महोत्सवका सचिव जीवन घिमिरेले ज्येष्ठ नागरिकको भोजनको व्यवस्था गोल्छा अर्गनाइजेसन, आवासको व्यवस्था उद्योग सङ्गठन र टोपीको व्यवस्था सहकारीले गरेको जानकारी गराउनुभयो । त्यस्तै, सङ्खुवासभाका धनबहादुर खड्का र मदन तामाङले रु दुई लाख ३१ हजार मूल्य बराबरको रुद्राक्ष ज्येष्ठ नागरिकबीच वितरण गर्नुभएको बताइएको छ ।

वि.सं.२०७३ कात्तिक ८ सोमवार ०३:१० मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...