Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

बेलायती प्रधानमन्त्री मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे छलफल हुने



८ कात्तिक,लन्डन (बेलायत) । बेलायतकी प्रधानमन्त्री थेरेसा मे र क्षेत्रीय नेताहरूबीच ब्रेक्जिटबारे सोमबार छलफल हुने भएको छ ।

मेले जनमतसङ्ग्रहले बेलायतलाई युरोपियन युनियन (ईयू) बाट बाहिरिने भनी दिएको जनादेशअनुसार आगामी दिनका लागि रणनीति तयार पार्ने अभिप्रायका साथ सल्लाह र छलफलका लागि मुलुकका क्षेत्रीय नेताहरुलाई डाउनिङ स्ट्रिटमा बोलाउनुभएको हो ।

छलफल विशेषत स्कटल्यान्ड, वेल्स तथा उत्तरी आयरल्यान्डसँगको सम्बन्धलाई मजबुत पार्ने र आगामी दिनमा ईयूसँगको छलफलमा कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा केन्द्रित हुने बताइएको छ ।

सोमबार हुने यो बैठक प्रधानमन्त्री मेको नेतृत्वमा बेलायत आएपछि हुन लागेको प्रथम बसाई हुनेछ ।

बैठकले बेलायतको ईयूबाट बहिर्गमन गर्ने निर्णयपछि आगामी दिनमा बेलायतलाई कसरी जीवन्त बनाइराख्ने भन्ने चूनौतीलाई छलफलमा ल्याउने छ । रासस÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा