back

राष्ट्रबैंकले भन्यो–कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांश लगेको हो

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

540 

shares
IME Limited
NTC AD

rastra-bank

९ कात्तिक, काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्षअघिदेखि रोकिएको लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८÷६९ को रु आठ अर्ब ३६ करोड नगद लाभांश लगेको स्पष्ट गरेको हो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भन्नुभयो, “कानुनी सर्त पूरा गरेकाले एनसेललाई हामीले स्वीकृति दिएका हौँ ।” उहाँले नेपाल दूरसञ्चार प्राधिकरण र उद्योग विभागको सिफारिसका आधारमा राष्ट्र बैंकले लाभांश लैजान अनुमति दिएको स्पष्ट पार्नुभयो ।

विदेशी लगानीकर्ताले आफ्नो कारोबारबाट आर्जित लाभांशवापतको रकम लैजान अद्यावधिक सेयर लागत, कर चुक्ता प्रमाण, लेखापरीक्षण प्रतिवेदन र लाभांश वितरणबारे कम्पनीको सभाले गरेको निर्णयसहितको कागजात संलग्न गरी निवेदन दिएमा लगानीकर्ताले लैजान लागेको लाभांश बराबरको विदेशी मुद्राका लागि सिफारिस गर्न सकिने कानुनी व्यवस्था छ ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ०४:०१ मा प्रकाशित

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...