back
CTIZAN AD

भारत पनि अछुतो छैन आयातमा, एक वर्षमा ६१ अर्ब अमेरिकी डलरको सामान चीनबाट आयात

वि.सं.२०७३ कात्तिक ९ मंगलवार

954 

shares

bharat-china

नेपाली बजारमा झण्डै एकलौटी समान निर्यात गर्ने गरेको भारतले गतवर्ष ६१ अर्ब अमेरिकी डलर (झण्डै ६१ खर्ब नेपाली रुपैयाँ) को सामान चीनबाट मात्रै आयात गरेको छ ।
भारतका योग गुरु रामदेव लगायतका भारतीय राष्ट्रवादीहरुले यतिबेला चीनको सामान बहिष्कार गर्ने अभियान चलाइरहेका बेला भारतले चीनबाट यति ठूलो रकमको सामान आयात गरेको तथ्यांक बाहिर आएको हो । जसमा भारतले जम्मा नौ अर्ब डलर ( ना९ खर्ब रुपैयाँ) को सामान चीन निर्यात गरेको तथ्यांक सहितको समाचार बिबिसीले लेखेको छ । ती सामानहरुमा गीफ्ट आइटम, टिवी, कम्प्युटर, फोन सेट लगायतका छन् ।

भारतमा यतिबेला चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलेको भएपनि चीनले भारतका मन्दिर, मस्जिद, गुरुद्धार र आम भारतीयहरुको मन अनि घरमा स्थान बनाएको विज्ञहरुको भनाइ छ । जसमा एकातिर चीनलाई विरोध गर्नेको संख्या बढिरहेको छ भने अर्कोतिर माया गर्नेहरुको संख्या बढेको छ ।
दिल्लीका एक व्यवसायीको भनाई छ “चीनबाट आयात गरिएको गिफ्ट आइटम यसकारण लोकप्रिय छन् की ती सामानहरु सस्ता छन, राम्रा अनि सुन्दर छन । यतिबेला दिल्लीको सदर बजारहरु चीनका सामानहरुले भरिएका छन् । हरेक ग्राहकको मुखमा एउटै कुरा हुन्छ, केही नया पाइयो, केही सस्तो सामान आयो यात फेरि राम्रो सामान आयो ?”
विश्वमै आर्थिक रुपमा सर्बशक्तिमान देशको रुपमा उदाएको को चीनको समान बहिष्कार र उसलाई सवक सिकाउन यति सहज नभएको पनि भारतीय विज्ञहरुको भनाई छ । कीनकी चीनका सामान सबैभन्दा सस्तो हुन्छन् । अहिलेको अवस्थामा उसको हाराहारीमा पुग्न सक्ने कोही पनि नभएको पनि बताइन्छ ।
भारतको सबैभन्दा ठूलो कारोबारी सहयोगी रहेको चीनबाट अझै कति सामान भारतमा आयात हुन्छ भन्ने सहि तथ्यांक दिपावलीपछि थाहा हुने पनि बताइएको छ ।
स्मरण रहोस नेपालको कूल बैदेशिक व्यापारमध्ये दुई तिहाइ भारतसँग हुने गर्छ । गत वर्षमात्र भारतबाट कृषि, पशुपंक्षी, तथा अन्य उपभोग्य सामान लगायत झण्डै पाँच खर्ब २३ अर्ब रुपैयाँ बराबरको सामान नेपालमा आयात गरिएको थियो भने नेपालले ३९ अर्बको सामान निर्यात गरेको थियो ।

वि.सं.२०७३ कात्तिक ९ मंगलवार ११:५७ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...