Logo
२३ जेष्ठ २०८०, मंगलवार
     Tue Jun 6 2023
E-paper
  English Edition
   Unicode
Logo

भारत पनि अछुतो छैन आयातमा, एक वर्षमा ६१ अर्ब अमेरिकी डलरको सामान चीनबाट आयात



bharat-china

नेपाली बजारमा झण्डै एकलौटी समान निर्यात गर्ने गरेको भारतले गतवर्ष ६१ अर्ब अमेरिकी डलर (झण्डै ६१ खर्ब नेपाली रुपैयाँ) को सामान चीनबाट मात्रै आयात गरेको छ ।
भारतका योग गुरु रामदेव लगायतका भारतीय राष्ट्रवादीहरुले यतिबेला चीनको सामान बहिष्कार गर्ने अभियान चलाइरहेका बेला भारतले चीनबाट यति ठूलो रकमको सामान आयात गरेको तथ्यांक बाहिर आएको हो । जसमा भारतले जम्मा नौ अर्ब डलर ( ना९ खर्ब रुपैयाँ) को सामान चीन निर्यात गरेको तथ्यांक सहितको समाचार बिबिसीले लेखेको छ । ती सामानहरुमा गीफ्ट आइटम, टिवी, कम्प्युटर, फोन सेट लगायतका छन् ।

भारतमा यतिबेला चिनियाँ सामान बहिष्कार गर्ने अभियान चलेको भएपनि चीनले भारतका मन्दिर, मस्जिद, गुरुद्धार र आम भारतीयहरुको मन अनि घरमा स्थान बनाएको विज्ञहरुको भनाइ छ । जसमा एकातिर चीनलाई विरोध गर्नेको संख्या बढिरहेको छ भने अर्कोतिर माया गर्नेहरुको संख्या बढेको छ ।
दिल्लीका एक व्यवसायीको भनाई छ “चीनबाट आयात गरिएको गिफ्ट आइटम यसकारण लोकप्रिय छन् की ती सामानहरु सस्ता छन, राम्रा अनि सुन्दर छन । यतिबेला दिल्लीको सदर बजारहरु चीनका सामानहरुले भरिएका छन् । हरेक ग्राहकको मुखमा एउटै कुरा हुन्छ, केही नया पाइयो, केही सस्तो सामान आयो यात फेरि राम्रो सामान आयो ?”
विश्वमै आर्थिक रुपमा सर्बशक्तिमान देशको रुपमा उदाएको को चीनको समान बहिष्कार र उसलाई सवक सिकाउन यति सहज नभएको पनि भारतीय विज्ञहरुको भनाई छ । कीनकी चीनका सामान सबैभन्दा सस्तो हुन्छन् । अहिलेको अवस्थामा उसको हाराहारीमा पुग्न सक्ने कोही पनि नभएको पनि बताइन्छ ।
भारतको सबैभन्दा ठूलो कारोबारी सहयोगी रहेको चीनबाट अझै कति सामान भारतमा आयात हुन्छ भन्ने सहि तथ्यांक दिपावलीपछि थाहा हुने पनि बताइएको छ ।
स्मरण रहोस नेपालको कूल बैदेशिक व्यापारमध्ये दुई तिहाइ भारतसँग हुने गर्छ । गत वर्षमात्र भारतबाट कृषि, पशुपंक्षी, तथा अन्य उपभोग्य सामान लगायत झण्डै पाँच खर्ब २३ अर्ब रुपैयाँ बराबरको सामान नेपालमा आयात गरिएको थियो भने नेपालले ३९ अर्बको सामान निर्यात गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमााडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ । विश्व

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको