back

सेनकालीन इतिहास जोडिएका क्षेत्र ओझेलमा

वि.सं.२०७५ पुस २२ आइतवार

543 

shares

२२ पुस, कावासोती ।  सेनकालीन इतिहाससँग जोडिएको नवलपरासीको नवलपुरमा रहेका विभिन्न क्षेत्र उचित संरक्षण, संवद्र्धन तथा प्रर्वद्धन हुन नसक्दा आझेलमा परेका छन् ।

सेनकालीन समयमा निर्माण भएको गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम, मुकुन्दपुर दरबार, रुद्रपुर गढीलगायतका क्षेत्रको संरक्षण तथा प्रर्वद्धन हुन नसक्दा ओझेलमा परेका हुन् ।

किंवदन्तीअनुसार कैलाश सन्न्यास आश्रममा पाल्पाका राजा मणिमुकुन्द सेनले यहाँ मन्दिर निर्माण गरेका हुन्। पन्ध्रौँ शताब्दीको अन्त्य तथा १६औँ शताब्दीको शुरुतिर पाल्पाका राजा मणिमुकुन्द यस क्षेत्रमा आई बसेको गरेको किंवदन्ती रहिआएको छ । सोही क्रममा राजा मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाका लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेको भन्ने किंवदन्ती पाइन्छ ।

सयौँ वर्ष पहिलाको इतिहास जोडिएको कैलाश सन्न्यास आश्रमको संवद्र्धनमा भने राज्यस्तरबाट खासै चासो नदिएको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए ।

पुरातत्व विभागले विसं २०७० मा यस मन्दिर परिसरमा उत्खनन् गरेको थियो । विभागले उत्खनन् गर्दा विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग, ढुङ्गा छेडेर राखिएका फलामका छड, देवीदेवताको मूर्ति र विभिन्न आकारप्रकारमा कँुदिएका कलात्मक ढुङ्गा फेला परेका थिए । ढुङ्गा शङ्ख, चक्र, विभिन्न देवीदेवताको आकारप्रकारमा कुँदिएका छन् ।

पुरातत्व विभागका अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गा सेनकालीन हुन् । विभागले एक हजार ५१८ वटा ढुङ्गा उत्खनन् गरेर राखेको छ । शिवलिङ्ग र केही देवीदेवताका मूर्ति कँुदिएका ढुङ्गालाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर अन्य ढुङ्गा भने बाहिरै जमीनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नाश हुने हो कि भन्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन् ।

समितिका अध्यक्ष घिमिरेले सरकारले पटक–पटकको पहलपछि यहाँ उत्खनन् गरे पनि उत्खनन् गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको बताउछन् ।

पुरातत्व विभागले शिव मन्दिर निर्माण गरिने जनाएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गा मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ । विभागले रु सात करोड ६८ लाख ५४ हजार १११ विनियोजन गरेर मन्दिर निर्माणका लागि बोलपत्र आह्वान गरेको भए पनि सो रकममा सम्झौता हुन नसकेपछि पुनःमूल्याङ्कन गरी पुनःबोलपत्र आह्वान गर्ने आश्वासन आफूहरूले पाएको अध्यक्ष घिमिरेले बताए । एक महीनाअघि मन्दिर पुनःनिर्माणको पहल गरिदिन आग्रह गर्न जाँदा विभागले चाँडै प्रक्रियामा जाने बताएको घिमिरेले बताए ।

नवलपुरमा नै रहेको सेनकालीन रुद्रपुर गढीको उत्खनन्समेत हुनसकेको छैन । हुप्सेकोट गाउँपालिकाको धौवादीमा रहेको गढीमा दरबारको भग्नावशेष, दरबारको सुरक्षाका लागि वरिपरिबाट खनिएको खाल्डो र सेनाहरूले परेड खेल्ने टुँडिखेलसमेत रहको धौवादी समाजसेवी अगुवा झविलाल रानामगरले बताए । तर यसको उत्खनन् र संरक्षणमा राज्यस्तरबाट कुनै कार्य नभएको उनले बताए । नवलपुरमा रहेका सेनकालीन इतिहास बोकेका यी क्षेत्रको संवद्र्धन गर्दै पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सके हजारौँ पर्यटक भित्र्याउन सकिने थियो ।

वि.सं.२०७५ पुस २२ आइतवार ११:३५ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...