back
CTIZAN AD

थारू संस्कृति जगेर्ना गर्न खिचरा महोत्सव

वि.सं.२०७५ पुस २२ आइतवार

1.8K 

shares

२२ पुस, भरतपुर । थारू संस्कृति जगेर्ना गर्न चितवनमा खिचरा महोत्सव आयोजना गरिएको छ । थारू समुदायको महान् पर्व माघी ‘खिचरा’को अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको खिचरा महोत्सवको छैँटौ संस्करण यस वर्ष पनि हुनलागेको हो । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका-५ गौचरनमा हुनलागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजक थारू कल्याणकारिणीसभा क्षेत्र नं ७ खैरहनीले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

यस वर्षको महोत्सवलाई विशेष बनाउन थारू संस्कृतिसँग जोडिएका कार्यक्रमलाई विशेष जोड दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक चूडामणि चौधरीले जानकारी दिए । उनले थारू जातिमा मात्र सीमित रहेको संस्कृतिलाई आम मानिसमा पु¥याउन महोत्सवले महत्वपूर्ण योगदान दिने बताए ।

चितवन जिल्लामा आदिमकालदेखि आदिवासी थारू समुदायको बसोबास रहेको क्षेत्रमा हुनलागेको महोत्सवले विशेष महत्व र अर्थ राख्ने थारू कल्याणकारिणीसभा चितवनका पुर्वअध्यक्ष तथा महोत्सवका आर्थिक समिति संयोजक टेकेन्द्र चौधरीले बताए । उनले माघी पर्वलाई उत्सवका रूपमा मनाउन र थारू समुदायका मानिस जमघट हुने साझा थलोका रूपमा महोत्सव आयोजना गरिएको जानकारी दिए ।

महोत्सवमा थारू संस्कृति झल्कने घरहरूका साथै खानाका परिकारहरु, थारू सांस्कृतिक मिनी सङ्ग्राहलय, घोघीं र चिचरको मूर्ति, हाँस समाउने प्रतियोगिता, चेपाङ र दराई जातिका परम्परागत खानाका परिकारसँगै विभिन्न प्रतियोगितात्मक खेल आयोजना गरिनेछ । त्यस्तै महोत्सवमा बालउद्यान, कृषि परिसर, अटो परिसरलगायतका स्टलहरू रहनेछन् ।

वि.सं.२०७५ पुस २२ आइतवार १२:०१ मा प्रकाशित

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...