back

नेजस क्यानडामा रामबाबु थापा

वि.सं.२०७५ पुस २२ आइतवार

378 

shares
GLOBAL IME AD
NTC AD


नेपाली जनसम्पर्क समिति(नेजस) क्यानडाको हालै सम्पन्न दोश्रो अधिवेशनले सभापतिमा रामबाबु थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्व सम्मतमा चयन गरेको छ।

प्रकाश ज्ञवाली संयोजक रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा चयन गरेको अधिवेशनले कार्यसमितिको चेयरमा अन्जनी भट्टराई, उपसभापतिमा सुरेश खनाल र सुदीप खनाल, महामन्त्रीमा विद्याभुषण कार्की, सहमहामन्त्रीमा केदार प्रसाद निरौला, कोषाध्यक्षमा अम्बिका ज्ञवाली र प्रवक्तामा दुर्गा अधिकारी निर्वाचित गरेको हो।

त्यसैगरी  सदस्यहरुमा ऋषि तिवारी, अर्जुन ओली, अन्जु बिष्ट, बिनोद शर्मा, नरेन्द्र मैनाली, उदय दुरा, भरत चौधरी ,सुर्य बराल, शान्ता थापा, पम्पी चौरसिया, मेजर के सी, कमल गिरी रहेका छन्।

समितिको क्यानाडाको तत्कालै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले यस संस्थाका संस्थापक सभापति, उपसभापति, र महामन्त्री तुल्सी पौडेल, सुरज पाण्डे र दीपक सापकोटालाई सर्वसम्मतले संस्थाको सल्लाहकारमा नियुक्त समेत गरेको छ।

गत जुलाई १४, २०१८ मा संस्थाको दोश्रो अधिवेसनको मिति तय गरिएको थियो । तर नेपाली नेजसको मुलपार्टी नेपाली कांग्रेसको निर्देशनमा अन्तिम समयमा आएर स्थगन गरिएको थियो । पार्टीसँगको परामर्श तथा समन्वयको आधारमा अहिले अधिवेशन पुनः सम्पन्न गरिएको बताइएको छ।

संस्थाका शुभेच्छुक एवं क्यानाडा स्थित कन्जर्भेटिव पार्टीका नेता एवं ब्रम्प्टन निर्वाचन क्षेत्रका सांसद पदका उमेद्वार मुररीलाल थापलियालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष राज महत लगायत समाजका अग्रज एवं विशिस्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो।

राष्ट्रिय मेलमिलाप दिन परेको उक्त अधिबेशनमा नव निर्वाचित महामन्त्री विद्याभुषण कार्कीले मेलमिलाप दिवसको बारेमा चर्चा गर्दै सम्पुर्ण प्रजातान्त्रिक शक्तिहरुको एकतामा नयाँ कार्यसमितिको भूमिका केन्द्रित रहने बताए।

वि.सं.२०७५ पुस २२ आइतवार १५:४४ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...