back
CTIZAN AD

नेजस क्यानडामा रामबाबु थापा

वि.सं.२०७५ पुस २२ आइतवार

777 

shares


नेपाली जनसम्पर्क समिति(नेजस) क्यानडाको हालै सम्पन्न दोश्रो अधिवेशनले सभापतिमा रामबाबु थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्व सम्मतमा चयन गरेको छ।

प्रकाश ज्ञवाली संयोजक रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा चयन गरेको अधिवेशनले कार्यसमितिको चेयरमा अन्जनी भट्टराई, उपसभापतिमा सुरेश खनाल र सुदीप खनाल, महामन्त्रीमा विद्याभुषण कार्की, सहमहामन्त्रीमा केदार प्रसाद निरौला, कोषाध्यक्षमा अम्बिका ज्ञवाली र प्रवक्तामा दुर्गा अधिकारी निर्वाचित गरेको हो।

त्यसैगरी  सदस्यहरुमा ऋषि तिवारी, अर्जुन ओली, अन्जु बिष्ट, बिनोद शर्मा, नरेन्द्र मैनाली, उदय दुरा, भरत चौधरी ,सुर्य बराल, शान्ता थापा, पम्पी चौरसिया, मेजर के सी, कमल गिरी रहेका छन्।

समितिको क्यानाडाको तत्कालै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले यस संस्थाका संस्थापक सभापति, उपसभापति, र महामन्त्री तुल्सी पौडेल, सुरज पाण्डे र दीपक सापकोटालाई सर्वसम्मतले संस्थाको सल्लाहकारमा नियुक्त समेत गरेको छ।

गत जुलाई १४, २०१८ मा संस्थाको दोश्रो अधिवेसनको मिति तय गरिएको थियो । तर नेपाली नेजसको मुलपार्टी नेपाली कांग्रेसको निर्देशनमा अन्तिम समयमा आएर स्थगन गरिएको थियो । पार्टीसँगको परामर्श तथा समन्वयको आधारमा अहिले अधिवेशन पुनः सम्पन्न गरिएको बताइएको छ।

संस्थाका शुभेच्छुक एवं क्यानाडा स्थित कन्जर्भेटिव पार्टीका नेता एवं ब्रम्प्टन निर्वाचन क्षेत्रका सांसद पदका उमेद्वार मुररीलाल थापलियालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानाडाका उपाध्यक्ष राज महत लगायत समाजका अग्रज एवं विशिस्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो।

राष्ट्रिय मेलमिलाप दिन परेको उक्त अधिबेशनमा नव निर्वाचित महामन्त्री विद्याभुषण कार्कीले मेलमिलाप दिवसको बारेमा चर्चा गर्दै सम्पुर्ण प्रजातान्त्रिक शक्तिहरुको एकतामा नयाँ कार्यसमितिको भूमिका केन्द्रित रहने बताए।

वि.सं.२०७५ पुस २२ आइतवार १५:४४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...