सिरियल हेर्न थालेपछि
मेरी श्रीमती जी
मसँग कम र सिरियलसँग बढी बोल्छिन
मसँग झर्केर र उता मस्केर बोल्छिन
सिरियल हेर्न थालेपछि
श्रीमती जी फेरिदै गएकी छिन !
सिरियल हेर्न थालेपछि
श्रीमती जीलाई अचेल
किताव देख्दा रिस उठ्छ
ज्ञानको कुरा बेकार लाग्छ
मतिर फर्केर बोल्नु पर्दा
त्यसै त्यसै भाउन्न हुन्छ !
सिरियल हेर्न थालेपछि
मेरी श्रीमती जीलाई
जिन्दगीमा पनि जादू चाहिएको छ
अपसोच
जिन्दगीमा कुनै जादू भैरहेको छैन
त्यसैले अचेल श्रीमती जीलाई
जिन्दगी बोर लाग्छ
सिरियलको प्यार अघ्घोर लाग्छ !
म बेचैन छु
कुन दिन श्रीमती जीको
सिरियलसँगै इन्गेजमेन्ट हुने हो
र तलाकको पूर्जी हात पर्ने हो मेरो !
सायद सवै सिरियल पीडित लोग्नेहरू
हरेक सिरियलमा
संभावित जारहरू देख्दा हुन
जसरी म वेला वेला देख्ने गर्छु !
२०७५्र०/९्र/२२
सुवर्णचोक, भक्तपुर