back
CTIZAN AD

सिरियल हेर्न थालेपछि !

वि.सं.२०७५ पुस २२ आइतवार

684 

shares

सिरियल हेर्न थालेपछि
मेरी श्रीमती जी
मसँग कम र सिरियलसँग बढी बोल्छिन
मसँग झर्केर र उता मस्केर बोल्छिन
सिरियल हेर्न थालेपछि
श्रीमती जी फेरिदै गएकी छिन !

सिरियल हेर्न थालेपछि
श्रीमती जीलाई अचेल
किताव देख्दा रिस उठ्छ
ज्ञानको कुरा बेकार लाग्छ
मतिर फर्केर बोल्नु पर्दा
त्यसै त्यसै भाउन्न हुन्छ !

सिरियल हेर्न थालेपछि
मेरी श्रीमती जीलाई
जिन्दगीमा पनि जादू चाहिएको छ
अपसोच
जिन्दगीमा कुनै जादू भैरहेको छैन
त्यसैले अचेल श्रीमती जीलाई
जिन्दगी बोर लाग्छ
सिरियलको प्यार अघ्घोर लाग्छ !

म बेचैन छु
कुन दिन श्रीमती जीको
सिरियलसँगै इन्गेजमेन्ट हुने हो
र तलाकको पूर्जी हात पर्ने हो मेरो !

सायद सवै सिरियल पीडित लोग्नेहरू
हरेक सिरियलमा
संभावित जारहरू देख्दा हुन
जसरी म वेला वेला देख्ने गर्छु !

२०७५्र०/९्र/२२
सुवर्णचोक, भक्तपुर

वि.सं.२०७५ पुस २२ आइतवार १५:५२ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...