back
CTIZAN AD

शारीरिक अपाङ्गता भएकालाई सम्मान

वि.सं.२०७५ पुस २३ सोमवार

1.1K 

shares

२३ पुस, बागलुङ । प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पु¥याएबापत पर्वत, फलेवासका जगन्नाथ शर्मा नगद रु पाँच हजारसहित सम्मानित भएका थिए ।

पुरस्कृत हुनेमा पर्वत घर भई बागलुङको जनताधन माविमा अध्ययनरत न्यून दृष्टियुक्त छात्रा दिनाकुमारी पाण्डे र बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बाल कक्षामा अध्ययनरत कमला थापा छन् ।

त्यस्तै बहिरा व्यक्तितर्फ कोहलपुर घर भई धौलागिरि बहिरा आवसीय विद्यालय बागलुङमा अध्ययनरत विनिता डिसी र शारीरिक अपाङ्गतातर्फ धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत बागलुङ, बोहोरागाउँका विष्णुप्रसाद पौडेल पुरस्कृत भएका हुन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कोषका अध्यक्ष काजी रोशन र प्रधान संरक्षक धर्मकुमारी खड्काले पुरस्कृत विद्यार्थीलाई संयुक्तरुपमा जनही रु पाँच हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

शारीरिक अपाङ्गता भएका व्यक्तिको प्रतिभा र योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान दिने गरिएको कोषका अध्यक्ष रोशनले बताउनुभयो । प्रजिअ खरेलले पुरस्कार र सम्मानले शारीरिक अपाङ्गता भएका व्यक्तिमा उत्प्रेरणा थप्ने उल्लेख गरे ।

पुरस्कृत छात्रा पाण्डेले पुरस्कार रकम आफ्नो शिक्षामा खर्च गर्ने बताए । ४४ वर्षको उमेरमा निधन हुनुभएका खड्काको स्मृतिमा परिवारजनले विसं २०६४ मा स्थापना गरेको कोषले वर्षेनी शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १०:०१ मा प्रकाशित

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

जङ्गली जनावरबाट पिडितलाइ राहत

जङ्गली जनावरबाट पिडितलाइ राहत

इनरुवा (सुनसरी) । जङ्गली जनावरबाट पीडित यहाँस्थित नागरिकलाई रु २३...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...