back

शारीरिक अपाङ्गता भएकालाई सम्मान

वि.सं.२०७५ पुस २३ सोमवार

549 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, बागलुङ । प्रवीण खड्का स्मृति सेवा कोष बागलुङले अपाङ्गताको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान र शारीरिक अपाङ्गता भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

बागलुङ नगरपालिका–२ का स्व प्रवीण खड्काको स्मृतिमा स्थापित कोषद्वारा आइतबार आयोजित एक समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । अपाङ्गताको क्षेत्रमा योगदान पु¥याएबापत पर्वत, फलेवासका जगन्नाथ शर्मा नगद रु पाँच हजारसहित सम्मानित भएका थिए ।

पुरस्कृत हुनेमा पर्वत घर भई बागलुङको जनताधन माविमा अध्ययनरत न्यून दृष्टियुक्त छात्रा दिनाकुमारी पाण्डे र बौद्धिक अपाङ्गतातर्फ बागलुङ विशेष बाल कक्षामा अध्ययनरत कमला थापा छन् ।

त्यस्तै बहिरा व्यक्तितर्फ कोहलपुर घर भई धौलागिरि बहिरा आवसीय विद्यालय बागलुङमा अध्ययनरत विनिता डिसी र शारीरिक अपाङ्गतातर्फ धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययनरत बागलुङ, बोहोरागाउँका विष्णुप्रसाद पौडेल पुरस्कृत भएका हुन् ।

बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, कोषका अध्यक्ष काजी रोशन र प्रधान संरक्षक धर्मकुमारी खड्काले पुरस्कृत विद्यार्थीलाई संयुक्तरुपमा जनही रु पाँच हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

शारीरिक अपाङ्गता भएका व्यक्तिको प्रतिभा र योगदानको कदर गर्दै पुरस्कार तथा सम्मान दिने गरिएको कोषका अध्यक्ष रोशनले बताउनुभयो । प्रजिअ खरेलले पुरस्कार र सम्मानले शारीरिक अपाङ्गता भएका व्यक्तिमा उत्प्रेरणा थप्ने उल्लेख गरे ।

पुरस्कृत छात्रा पाण्डेले पुरस्कार रकम आफ्नो शिक्षामा खर्च गर्ने बताए । ४४ वर्षको उमेरमा निधन हुनुभएका खड्काको स्मृतिमा परिवारजनले विसं २०६४ मा स्थापना गरेको कोषले वर्षेनी शारीरिक अपाङ्गता भएका व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १०:०१ मा प्रकाशित

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

प्राध्यापकद्वारा विद्यार्थीहरूमाथि जातीय विभेद !

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमाथि प्राध्यापकले जातीय विभेद...

बाँझो बारीमा आलुखेती गर्दै पालिका

बाँझो बारीमा आलुखेती गर्दै पालिका

पर्वत । मोदी गाउँपालिकाले आम्दानी वृद्धि गर्ने उद्देश्यले १५ वर्षदेखि...

बेलायतमा नेपाली भजन महोत्सव

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत । बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली...