back
CTIZAN AD

गायिका छन्त्यालको ‘जिउनै गाह्रो’ सार्वजनिक

वि.सं.२०७५ पुस २३ सोमवार

636 

shares

काठमाडौँ । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आइतबार विमोचन गरेका ुहन् । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताए । “अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उनले भने, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गर्नुभएको छ ।”

विमोचन कार्यक्रममा ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’का प्रमुख भोजराज श्रेष्ठ, आदिवासी जनजाति महासङ्घका केन्द्रीय सदस्य खड्ग मगर र आदिवासी जनजाति चलचित्र महासङ्घका महासचिव अमर सुनुवारले कलाकार छन्त्यालले आफ्नो म्युजिक भिडियोमा अपाङ्गता भएका व्यक्तिले भोग्नुपरेको समस्या उजागर गरेको बताए ।

नेपाल सांस्कृतिक सङ्घका महामन्त्री रोशनी केसीले जनचेतना जगाउने खालको यस्तो म्युजिक भिडियोले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । गायिका छन्त्यालले आफू अपाङ्गता भएको भए पनि उकाली ओराली चढेर अपाङ्गता भएका क्षेत्रमा जनचेतना जगाउने खालको काम गर्दै आएको र यो पछिल्लो भिडियोले राज्य र समाजलाई झक्झक्याउने बताए ।

वि.सं.२०७५ पुस २३ सोमवार १०:०३ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...