back
CTIZAN AD

टेस्ट क्रिकेट : दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

वि.सं.२०७५ पुस २३ सोमवार

588 

shares

२३ पुस, केप टाउन । दक्षिण अफ्रिकाले न्यूल्याण्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ ।

जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन एक घण्टाभित्रै पूरा गरेको थियो ।

उक्त जितसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार सातौँ पटक शृङ्खला कब्जा गरेको छ । तीन टेस्टको यस शृङ्खलामा पहिलो टेस्ट अफ्रिकाले छ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि जोहानेसबर्गमा शुरु हुँदैछ ।

यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको पाकिस्तानले सबै विकेट गुमाइ पहिलो इनिङमा १७७ र दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४३१ रन बनाएको थियो ।

भारत-अस्ट्रेलिया टेस्ट : भारत बलियो स्थितिमा

अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ रनको विशाल स्कोर खडा गरेको छ ।

तुलनात्मक रूपमा सहज ब्याटिङ पिच देखिएको सिड्नीमा अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाई ३०० रन मात्र बनाएपछि भारतले अस्ट्रेलियालाई फलोअनमा पठाएको छ । अस्ट्रेलियाको घरेलु मैदानमा ३० वर्षपछि पहिलो पटक अस्ट्रेलिया फलोअनमा परेको हो ।

अस्ट्रेलियाले दोस्रो इनिङमा चौथो दिनको समाप्तिसम्म विना क्षति ६ रन बनाएको छ ।

यस शृङ्खलामा भारत २–१ ले अघि छ, र यो खेल बराबरी गरेमा वा विजयी भएमा भारतले शृङ्खला कब्जा गर्नेछ

वि.सं.२०७५ पुस २३ सोमवार १०:०८ मा प्रकाशित

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स : मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव

माल्दिभ्स । खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै...