back

टेस्ट क्रिकेट : दक्षिण अफ्रिकाद्वारा पाकिस्तान पराजित

वि.सं.२०७५ पुस २३ सोमवार

357 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, केप टाउन । दक्षिण अफ्रिकाले न्यूल्याण्डमा खेलिएको दोस्रो टेस्ट क्रिकेटमा पाकिस्तानलाई नौ विकेटले पराजित गरेको छ ।

जितका लागि ४१ रनको चुनौती पाएको दक्षिण अफ्रिकाले ९.५ ओभरमा एक विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाले उक्त लक्ष्य चौथो दिन एक घण्टाभित्रै पूरा गरेको थियो ।

उक्त जितसँगै दक्षिण अफ्रिकाले घरेलु मैदानमा लगातार सातौँ पटक शृङ्खला कब्जा गरेको छ । तीन टेस्टको यस शृङ्खलामा पहिलो टेस्ट अफ्रिकाले छ विकेटले जितेको थियो । तेस्रो तथा अन्तिम टेस्ट आगामी शुक्रबारदेखि जोहानेसबर्गमा शुरु हुँदैछ ।

यस खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरेको पाकिस्तानले सबै विकेट गुमाइ पहिलो इनिङमा १७७ र दोस्रो इनिङमा २९४ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो इनिङमा ४३१ रन बनाएको थियो ।

भारत-अस्ट्रेलिया टेस्ट : भारत बलियो स्थितिमा

अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ रनको विशाल स्कोर खडा गरेको छ ।

तुलनात्मक रूपमा सहज ब्याटिङ पिच देखिएको सिड्नीमा अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाई ३०० रन मात्र बनाएपछि भारतले अस्ट्रेलियालाई फलोअनमा पठाएको छ । अस्ट्रेलियाको घरेलु मैदानमा ३० वर्षपछि पहिलो पटक अस्ट्रेलिया फलोअनमा परेको हो ।

अस्ट्रेलियाले दोस्रो इनिङमा चौथो दिनको समाप्तिसम्म विना क्षति ६ रन बनाएको छ ।

यस शृङ्खलामा भारत २–१ ले अघि छ, र यो खेल बराबरी गरेमा वा विजयी भएमा भारतले शृङ्खला कब्जा गर्नेछ

वि.सं.२०७५ पुस २३ सोमवार १०:०८ मा प्रकाशित

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

सयौँ युक्रेनी सैनिकको शव प्राप्त गरेको किएभको भनाइ

किएभ ।  किएभले शुक्रबार रुससँगको युद्धमा मारिएका सयौँ युक्रेनी सैनिकको...

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

सन् २०२५ चीनको अन्तरिक्ष  अभियान : के तयारी गर्दैछ चीन ?

बेइजिङ  । चीनले सन् २०२५ मा धेरै महत्वपूर्ण अन्तरिक्ष अभियानहरू...

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

टोकियो । जापानमा २९ वर्ष सेवा गरेका एक बस चालकले...

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...