back

सुनखानीमा दुर्घटना हुँदा ३० जनाको मृत्यु

वि.सं.२०७५ पुस २३ सोमवार

345 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, कुन्दुज ।  अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरूले जनाएका छन् ।

बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरू सात जना गम्भीर घाइते भएका जिल्ला गभर्नर मोहम्मद रुस्तम राघीले बताए ।

स्थानीय गाउँलेहरूले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका थिए । मानिसहरू भित्र काम गरिरहेको समयमा दायाँबायाँको पर्खाल एकाएक भत्किएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै राघीले बताए ।

खानीको पर्खाल भत्किएको कारण हालसम्म थाहा हुन सकेको छैन । प्रान्तीय गभर्नरका प्रवक्ता निक मोहम्मद नजारीले खानीमा काम गर्नेहरू व्यावसायिक व्यक्तिहरू नभएको बताए ।

स्थानीय गाउँलेहरू खानीको व्यवसायमा दशकौँदेखि संलग्न छन् र तिनीहरूमा सरकारको कुनै नियन्त्रण पनि छैन, नजारीले भने । उनले सरकारले गाउँमा उद्धार टोली पठाएको जानकारी दिए ।

वि.सं.२०७५ पुस २३ सोमवार १०:१४ मा प्रकाशित

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

बन्दुकधारीद्वारा मध्य मेक्सिकोमा ७ जनाको हत्या

सेलाया (मेक्सिको) । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित...

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

डब्लुएचओद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत

जेनेभा । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)...

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

देइर अल-बालाह (गाजा पट्टी) । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मङ्गलबारसम्म...

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

ट्रम्पलाई पुटिनको वार्ताको वाचा, तर युक्रेनमा युद्धविराम नगर्ने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर...