back
CTIZAN AD

ए डिभिजन लिग फुटबल–थ्रिस्टार तेस्रो

वि.सं.२०७५ पुस २३ सोमवार

669 

shares

पुस, काठमाडौँ । थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा को खेल मैदानमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पालाई २–० गोलअन्तरले पाखा लगाउँदै लिगमा तेस्रो स्थान हात पारेको हो ।

थ्रिस्स्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन विष्टले गोल गरे । खेलको पहिलो हाफको २८औँ मिनेटमा रञ्जन विष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए ।

त्यस्तै खेलको दोस्रो हाफको ८८औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन विष्टले सदुपयोग गर्दै गोल गरे । यस जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा आठ जित र दुई बराबरीसँगै २६ अङ्क जोडेको छ । पराजित हिमालयन शेर्पा १३ खेलमा १७ अङ्कका साथ सातौँ स्थानमा यथावत् रह्यो ।

प्रतियोगिताको उपाधि यसअघि नै मनाङ–मस्र्याङ्दी क्लबले हात पारेको छ । त्यस्तै प्रतियोगितामा सङ्कटा क्लब दोस्रो भयो ।

वि.सं.२०७५ पुस २३ सोमवार ०९:५८ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...