back

जुम्लामा ५० प्रतिशत बालविवाह

वि.सं.२०७५ पुस २३ सोमवार

105 

shares
NTC AD
Global IME AD

२३ पुस, खलङ्गा ।  जुम्लाका ग्रामीण बस्तीमा अहिलेसम्म करिव ५० प्रतिशतले बालविवाह गर्ने गरेका छन् आधिकारिक तथ्याङ्क उपलव्ध नभए पनि ग्रामीण क्षेत्रमा ५० प्रतिशतले कानूनबमोजिम विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने प्रावधान बिपरित अझैसम्म परम्परा बमोजिम नै बालविवाह गर्ने गरेको सिञ्जा क्षेत्रका बासिन्दा बताउँछन् ।

कानूनी सुधारका लागि सरकारले नीतिगत तथा कानूनी प्रयास गरे पनि एकातर्फ परिवारले सानै उमेरमा विवाह गरिदिने र अर्कोतर्फ उमेर नपुग्दै विद्यालयमा अध्यनरत केही बालबालिकाले आफँै पनि विवाह गर्ने परिपाटीले गर्दा बालविवाहमा उल्लेख्य सुधार आउन नसकेको हाटसिञ्जा गाउँका हिमाल रोकायाले बताए । पारिवारिक समन्वयको अभाव, कानूनी अनभिज्ञता र घरायसी कामका लागि पनि उमेर नपुग्दै विवाह हुँदै आएको उनको भनाइ थियो ।

गरीबीका कारण आफ्नो जिम्मेवारीबाट मुक्त हुन छोराछोरीको सानै उमेरमा विवाह गरिदिने प्रचलन रहेको हाटसिञ्जा गाउँकै लछि सुनारले बताए । आफ्ना अग्रजको देखासिकीका कारण पनि बालविवाह हुने गरेको भन्दै उनले गाउँमा प्रत्येक वर्ष हुने विवाहमध्ये करीब ५० प्रतिशत बालविवाह नै हुने गरेको बताए ।

हाटसिञ्जा स्वास्थ्य चौकीका अहेब लालबहादुर बुढाका अनुसार अपरिपक्व अवस्थामा गरिएको विवाहले महिलाको स्वास्थ्यमा असर पर्ने बताए । बालविवाहका कारण वैवाहिक जीवन दिगो नहुुने तथा शारीरिक अपरिपक्वताका कारण आमा र बच्चाको स्वास्थ्यमा समस्या हुने उहाँको भनाइ थियो ।

सानो उमेरमा नै आमा बन्नुपर्दा बच्चा पनि अस्वस्थ र पूर्णरूपले शारीरिक विकास हुन कठिन हुने बताए । बालविवाह रोक्न विद्यमान कानुनी प्रावधानलाई स्थानीय भाषामा प्रचारप्रसार गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा अहेब लालबहादुर बुढाले जोड दिए । कनकासुन्दरी गाउँपालिका– ४ का वडाध्यक्ष रविलाल आचार्यले बालविवाह कानूनीरुपमा अवैध भए पनि न्यूनीकरणमा चुनौती बनेको बताए ।

बालविवाह न्यूनीकरणका लागि सचेतना र शिक्षा दिन राज्य र गैर राज्यपक्षबाट ठूलोमात्रामा लगानी भए पनि त्यसको प्रभावकारिता कमै देखिएको उनको भनाइ थियो । आगामी दिन वडापालिकाले बालविवाह गर्ने व्यक्ति तथा गराउने परिवारलाई राज्यको सेवा सुविधाबाट बञ्चित गर्न वडाको बैठकबाट निर्णय गराइने वडाध्यक्ष आचार्यले बताए ।

कानूनी प्रावधान

कुनै पनि व्यक्ति बालविवाहमा संलग्न भएमा विवाह गर्ने र गराउनेमध्येका उमेर पुगेकालाई छ महीनादेखि तीन वर्षसम्म कैद र रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना हुने प्रावधान छ । दश वर्षमुनिका नाबालक बालिकालाई बिहे गर्न जबर्जस्ती गर्नेलाई छ महीनादेखि एक वर्षसम्म कैद र रु एक हजारदेखि रु १० हजारसम्म जरिवाना हुन्छ भने १० देखि १४ वर्षका बालबालिकालाई विवाह गरे गराएको रहेछ भने तीन महीनादेखि एक वर्ष कैद र रु पाँच हजारसम्म जरिवाना हुने प्रावधान छ ।

यस्तै १४ वर्षदेखिमाथि २० वर्षको किशोरीलाई बिहे गर्न जबर्जस्ती गर्नेलाई छ महीनासम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजाय हुन्छ । यसका साथै बालविवाह गर्ने गराउने, अभिभवक पुरोहित, लमी, जन्ती र विवाह गर्न सघाउनेलाई एक महीनासम्म कैद र रु एक हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १४:२७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

पात–पतिङ्गर जलाउने क्रममा सल्किएको आगोले लियो महिलाको ज्यान

गल्याङ (स्याङजा) । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय...

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम) । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको...

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

प्रधानमन्त्री प्रचण्डसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई...

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

कोशी प्रदेश : सङ्कल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा सङ्कल्प प्रस्ताव बहुमतले पारित...

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन...

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’

काठमाडौँ । आज विश्व कलेज दिवस । यस वर्ष ‘सतर्क...