back

किबी खेतीबाट पन्ध्र लाख आम्दानी

वि.सं.२०७५ पुस २३ सोमवार

180 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२३ पुस, बनेपा । कतिपय मान्छेको जागिरे जीवनपछि के गर्ने भन्ने विषयमा सोच्दा सोच्दै श्रम गर्नसक्ने समय व्यतित भइसकेको हुन्छ । सूर्यप्रसाद पाण्डेले भने जागिरे जीवनपश्चात किबीखेती गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

नेपाल कृषि अनुसन्धान परिषद्का पूर्व निर्देशकसमेत रहनुभएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–६ का पाण्डेले धुलिखेल नगरपालिका–११ फस्कोटमा किबीखती गर्दै आएका छन् । रिसोर्ट सञ्चालन गर्ने सोच बनाएर २०५३ सालमा खरीद गरेको करीब २० रोपनी जग्गामा उनले १५ वर्षदेखि व्यावसायिक रुपमा किबीखेती गर्दै आएका छन् ।

“वर्षेनी आठ हजारदेखि १० हजार किलोसम्म किबी फल्छ,” उहाँले भने । कृषि अनुसन्धानकर्तासमेत रहेका पाण्डेले अन्य खेती गर्न धेरै कोशिस गरेपनि सफल हुनु भएन । “पहिला हलुवावेद र जापानी नास्पाती खेती पनि गरेँ, उत्पादन भएन,” उनले भने । अहिले उनको खेतमा चार सयको हाराहारीमा किबीको बोट छ ।

कामको चाप अनुसार कामदार राख्ने गरेको सञ्चालक पाण्डे बताउछन् । “वार्षिक रु १५ लाखदेखि रु २० लाखसम्म आम्दानी हुन्छ । लक्ष्य अनुसारको आम्दानी भइरहेको छ,” उनले भने, “बजार खोज्दै हिँड्नु परेको छैन, व्यापारी फार्ममै आउने गरेका छन् ।” काठमाडौँबाट समेत किबीको माग आउने गरेको छ । किबी प्रतिकिलो रु २५० सम्ममा बिक्री हुने गरेको छ । “फलको आकारअनुसार ग्रेडिङ गरिन्छ । त्यही अनुसार बिक्री हुन्छ,” पाण्डेले भने । उनले फलसँगै बिरुवासमेत उत्पादन गरेर बिक्री गर्दै आएका छन् । किबीखेती गर्न उनले हालसम्म रु ८० लाखसम्म लगानी गरेका छन् ।

किबीको एउटा बिरुवाको मूल्य रु तीन सय पर्छ । यसलाई असिना पानी र हावाहुरीबाट जोगाउनुपर्ने हुन्छ । “एक पटक लगाएको बोटले पचास वर्षसम्म फल दिन्छ,” पाण्डेले भने । एक हजार मिटरदेखि तीन हजार मिटरको उचाइसम्म किबीखेती गर्न सकिन्छ । जिल्लाको नाला, तेमाल, पनौतीको बेहावर, कोशीपारिको चौवासलगायत ठाउँमा पछिल्लो समयमा किबीको व्यावसायिक रुपमा खेती गरिँदै आएको छ ।

वि.सं.२०७५ पुस २३ सोमवार १४:३७ मा प्रकाशित

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

तरकारी खेती गरेर कतार र दुवईमा भन्दा बढी कमाउँछन् पुन र सिउथानी

तरकारी खेती गरेर कतार र दुवईमा भन्दा बढी कमाउँछन् पुन र सिउथानी

ध्रुवसागर शर्मा, गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीका क्रममा कतारमा सात...

राजनीतिसँगै कृषिकर्ममा चौधरी, घाँस र अन्न बेचेर १० लाख सम्म आम्दानी

राजनीतिसँगै कृषिकर्ममा चौधरी, घाँस र अन्न बेचेर १० लाख सम्म आम्दानी

सुदीप राउत, सिरहा । ज्यूँदै मर्याको भनि नाम छ कस्को...

नगरपालिकाद्वारा हलगोरु पाल्ने किसानलाई नगद अनुदान

नगरपालिकाद्वारा हलगोरु पाल्ने किसानलाई नगद अनुदान

बलेवा (बागलुङ) । बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप...

सल्लाको खोटोबाट वाषिर्क १२ लाख भन्दा बढी आम्दानी

सल्लाको खोटोबाट वाषिर्क १२ लाख भन्दा बढी आम्दानी

घोराही (दाङ) । दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै...

महानगरद्वारा सञ्चालित ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै

महानगरद्वारा सञ्चालित ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन सहयोग’ कार्यक्रम प्रभावकारी बन्दै

गण्डकी । पोखरा महानगरपालिकाले सञ्चालन गरेको ‘सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन...