back

अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदीमा मोहम्मद जैनुल अब्दिन

वि.सं.२०७५ पुस २३ सोमवार

354 

shares
GLOBAL IME AD
NTC AD

अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदीले मोहम्मद जैनुल अब्दिनको अध्यक्षतामा  २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

जनवरी ४ का दिन साउदी अरबस्थित मुस्लिम समुदायले रियाद बथाह पारागन होटलमा एक कार्यक्रम गरि मोहम्मद जैनुल अब्दिनको अध्यक्षतामा  अन्तर्राष्ट्रिय मुस्लिम समाज साउदी अरबको स्थापना गरेको  हो ।

सबैमाझ चिरपरिचित, समाजसेवी, सक्रिय समाजिक अभियन्ता तथा साउदी अरबका सफल ब्यबसायी राजु सैय्यदको संरक्षकत्वमा गठन गरिएको उक्त समितीमा वरिष्ठ उपाध्यक्षमा चाँद मोहम्मद, उपाध्यक्षहरुमा मुस्ताक मदनी, इब्राहिम शर्मा, (जेद्दा, मदिना बाट पछि थपिने छ) महासचिबमा रम्जान दिन मियाँ, सचिबमा रफि मियाँ, कोषाध्यक्षमा इख्लाक आलम , सह–कोषाध्यक्षमा नुरुल जमा अन्सारी, युवा संयोजकमा एह्सानुल्लाह मियाँ, प्रबक्तामा सलमान जिरेल  रहेका छन् भने  सदस्यहरूमा  इब्राहिम मियाँ, मोहम्मद अब्दुल, मोहम्मद फिरोज, इसा राइन, सहिद दिन मियाँ, अयुब खान, फिरोज राइन, हरु निर्वाचित भएका छन भने र बाँकी  सदस्य हरु बाँकी  क्षेत्रहरू मक्का,मदिना, तबुक,र हाइलबाट पूर्ण  गरिने छ ।

त्यस्तै समितिको सल्लाहकार परिषदमा प्रमुख सल्लाहकारमा यास्मिन बेगम, वरिष्ठ सल्लाहकारमा सेख जमिर अब्बास मदनी र सल्लाहकारहरुमा अमानुल्लाह मन्सुर, अब्रार अहमद,  सेख जुबेर, मोहम्मद अब्बास, नेक मोहम्मद, सेख मुजिबुर रहमान, सेख सनउल्लाह, इस्माइल राना मगर, अहमद भन्डारी, सेख सलिम, मनोनीत भएका छन् ।

राजु सैय्यदको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा अमानुल्लाह मन्सुरले प्रमुख अतिथिको, र सेख अब्दुर रहिम मदनी,सेख मुस्ताक मदनी, निसारुल हक,सेख नेक महम्मद, सेख जमिर अब्बास मदनी हरुले अतिथिको आशन ग्रहण गरेका थिए भने रम्जान दिन मियाँले कार्यक्रम संचालन गरेका थिए ।

कुरानको पाठ तथा राष्ट्रिय गानबाट सुरुभएको उक्त कार्यक्रममा विभिन्न  क्षेत्रहरू (दम्माम,खोबर,जुबेल,अल कासिम, रियाद) बाट उपस्थिति रहेको  थियो भने रफि मियाँको स्वागत मन्तव्य रहेको  थियो ।

सोहि अवसरमा  नवनिर्वाचित  अध्यक्ष मोहम्मद जैनुल अब्दिनद्वारा नव निर्वाचित पदाधिकारीहरुलाइ बधाई दिदै  संस्थाका उद्देश्यहरुको विस्तृत जानकारी गराउदै संस्थालाइ सफल गराउन साउदीमा छरिएर रहेका सम्पुर्ण नेपाली मुस्लिम दाजुभाइ एकजुट भएर लाग्न र सहयोग गर्न पनि अनुरोध  गरेका थिए ।

कार्यक्रममा नुरुल जमा अन्सारी, सल्मान जिरेल, इब्राहिम शर्मा, तथा अतिथिहरु मुस्ताक मदनी, अब्दुर रहिम मदनी, नेक महम्मद, जमिर अब्बास मदनी, तथा प्रमुख अतिथि अमानुल्लाह मनसुरहरुद्वारा मन्तव्य दिदै हाम्रो लागि यो संस्था अतिनै महत्वपूर्ण रहेको र यसको स्थापनाले सबैमा खुशी छाएको थियो ।  विभिन्न भुभागमा रहनुहुने मुस्लिम बर्ग इखलासका साथ एकताबद्ध  हुनु जरुरी रहेकोले यो संस्थाले सबै मुस्लिम बर्गलाइ एकताको डोरीमा बाध्ने र नेपालको बिकासमा तथा आफ्ना हकअधिकारलाई सुरक्षीत गर्न मद्धत गर्ने बिश्वासका साथ संस्थालाई उच्च बिन्दुमा पुर्याउन सकेको सहयोग गर्ने बक्तब्य जाहेर  गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति राजु सैय्यदले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद र नवनिर्वाचित सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना  दिदै संस्थालाई कुनै फिर्काबाट टाढा रहेर  विवादित रहित बनाइ सबैजना एकजुट हुने र संस्थाको उद्देश्यअनुसार संस्थालाई गगनचुमी बिन्दुमा पुर्याउन साथ सहयोग गर्नका लागि सबैमा अनुरोध गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित सम्पुर्ण पदाधिकारीलाई सभापतिद्वारा सपथ ग्रहण गराइएको थियो ।

वि.सं.२०७५ पुस २३ सोमवार १४:१७ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...