एउटा बच्चा जन्मेको दिन देखि उ १७ बर्षसम्म पुग्दा २ लाख ३३ हज्जार ६ सय १० डलर खर्च हुदो रहेछ एउटा मध्यम परिवार वर्किङ्ग क्लास बाउआमाको अमेरिकामा। युएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेस अर्थात् अमेरिकन स्वास्थ्य तथा मानव सेवा बिभागको सन २०१५ को तथ्याङ्क अनुसार एउटा परिवार अर्थात अमेरिकन बाउ आमालाइ एउटा सन्तान जन्माएर हुर्काउदा अति बिघ्न खर्च लाग्दो रहेछ। भनेपछि अमेरिकामा बच्चा जन्माउन र हुर्काउन त्यति इजि छैन।
बहुत कठिन छ अमेरिकामा बच्चा जन्माएर, पालनपोषण गर्न, रेखदेख गर्न, हेरबिचार, स्याहारसुसार गर्न र हुर्काउन। त्यसैले कम्तिमा एक र बढिमा २ सम्म बच्चा काफि छ र बाउ आमा नै पुर्णकालिन काम गरि खानु पर्ने परिवारका लागि बच्चा जन्माउनु भनेको ढुङ्गा निल्नु सरह छ अमेरिकामा। अझै सिङ्गल बाउ वा सिङ्गल आमाका लागि त्यो कठिनताको महशुस समेत गर्दा आङ्ग जिरिङ्ग हुन सक्दछ।
यो हिसाबमा आमा गर्भवति पछि पछिल्ला ४(५ महिना देखिको सकस र परिवारको एकल सदस्यको कमाइले नधान्ने परिवारमा पर्ने चाप र आमा र गर्भको बच्चाको नियमित जाच र हेरबिचार र खानाको तजबिजको सकस अर्को समस्या त छदैछ। बच्चा जन्मिसकेपछि बच्चाको डाइपर देखि कार सिट, औषधि एबम खानपिन र बच्चाको हेरबिचारको लागि बेबि सिटर, केयरको समस्या र परिवारको बाउ वा आमा एकको नियमित दिनुपर्ने समयलाइ हेर्दा झन्डै झन्डै लगभग ७ बर्षसम्म श्रम, कमाइ, आम्दानि र खर्चमा देखिने उतारचढाव अर्को चुनौति हुन्छ।
एउटा मध्यम परिवारको अमेरिकनले एक बच्चाको लागि बर्षमा १२ हज्जार ९ सय ८० डलर सरदर खर गर्नुपर्ने देखियो। युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरका अनुसार बाउआमाको कमाइ तनाखाको झन्डै ५ देखि २२ प्रतिशत सम्म एउटा बच्चाको हेरबिचार र स्याहारसुसारमा जाने रहेछ। बच्चाको हऔजिङ्ग खर्चमा २८प्रतिशत, खानामा १८प्रतिशत, चाइल्डकेयरमा १६प्रतिशत, तिनको यातायातमा १५ प्रतिशत, हेल्थकेयरमा ९ प्रतिशत, बिबिधमा ७ प्रतिशत र तिनका लुगाफाटामा ६ प्रतिशत अमेरिकन बच्चाका बाआमाको आम्दानि हिड्ने रहेछ।
बच्चा जन्माउन पनि त्यहि सस्तो छैन अमेरिकामा। अस्पताल, राज्य र ठाउ अनुसार फरक परेपनि सरदर अमेरिकामा एउटा बच्चा आमाको पेटबाट सरल प्राक्रितिक सामान्य तरहबाट जन्मदा ३ हजार डलर देखि ३७ हज्जार डलरसम्म र ८ हजार देखि ७० हज्जार डलरसम्म सि सेक्सनबाट बेबि निकाल्दा खर्च लाग्ने रहेछ। अधिकाश यो खर्च वर्किङ्ग क्लासका अभिभावकका लागि सरकारि डि एस एस र धनिहरुका आफ्नै पकेटबाट र गरिबहरुका बच्चा जन्मदाको खर्च अमेरिकन सरकार ,मेडिकेड एबम गरिबहरुका लागि चर्च, सघ सस्था र परोपकारि सस्थाहरुले ब्योहोरिदिन्छ।
राज्य अनुसार फरक फरक सरदर खर्च लाग्ने गर्दछ अमेरिकामा। जस्तै क्यालिफोर्नियामा ७ हजार ६ सय २६ डलर, न्यु जर्सिमा ९ हजार ३ सय २ डलर, फ्लोरिडामा ७ हजार ८ सय डलर, टेक्सासमा ७ हजार ३ सय ४९ डलर, नर्थक्यारोलिनामा ६ हजार ३ सय ७५, केन्टकिमा ५ हजार ९ सय ५ डलर, न्युयोर्कमा ८ हजार ९ सय ३६ र भर्जिनियामा ६ हजार ९ सय ५३ डलर खर्च लाग्ने गर्दो रहेछ डि एस एसको तथ्याङ्क अनुसार।
बच्चा जन्मिसकेपछि १६ बर्ष नभएसम्म बाउ, आमा, अभिभावक वा कुनै भरपर्दो मानिस बिना छोड्न नमिल्ने, बाउ वा आमा मध्ये एकले बच्चा स्याहार्दा नस्याहार्नेले चाइल्ड सपोर्ट दिनुपर्ने नदिए जेल जानु पर्ने हुन्छ। बचाको अधिकारलाइ अमेरिकि कानुन र सबिधानले राम्रै बचाउ गरेको छ अमेरिकामा।
बाउ आमाले बच्चा नहेरेमा, हेर्ने मनसाय नदेखाएमा, अशक्त भएमा, लागु औषध वा कुनै कारण बस बच्चामा असर पर्ने देखिएमा, हिसा, घरेलु हिसा देखिएमा, बच्चाको पालनपोषण र बिध्यालय नपठाएको केसमा बाउ आमा कानुनि कार्वाहिमा पर्नेछन र बच्चा अमेरिकि सरकार डि एस एसले लगि फोस्टर प्यारेण्टलाइ जिम्मा लगाइदिन सक्दछ। त्यतिबेला बायोलोजिकल प्यारेन्टले बच्चा १८ बर्ष भै बाहिर नसिस्किएसम्म हेर्न र उस्तै परे भेट्न समेत निषेध गर्न सक्दछ।
कमाएर खाने बेलामा, समुन्नतिका लागि सघर्षरत रहँदा बच्चा जन्माउनु र हुर्काउनु कठिन छ अमेरिकामा।
वि.सं.२०७५ पुस २४ मंगलवार १६:१८ मा प्रकाशित