back
CTIZAN AD

माथिल्लो तामाकोशीको साधारण शेयर सूचीकृत हुँदै

वि.सं.२०७५ पुस २४ मंगलवार

705 

shares

२४ पुस, काठमाडौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको १० करोड ५९ लाख कित्ता शेयर सूचीकरणका लागि नेपाल स्टक एक्सचेञ्जमा आवेदन दिएको छ ।

स्टकका प्रवक्ता मुराहरि पराजुलीका अनुसार आवश्यक कागजातको अध्ययनपछि बढीमा सात दिनभित्र सो कम्पनीको शेयर दोस्रो बजारमा कारोवार हुनेछ ।

स्टकका अनुसार रु १० अर्ब ५९ करोड बराबरको शेयर एकै पटक धितोपत्र बजारमा आउन लागेको हो । कम्पनीले गत साउनमा आयोजना प्रभावित दोलखावासीलाई रु एक अर्ब पाँच करोड र गत कात्तिक १५ देखि १९ गतेसम्म सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो ।

बिक्री भएका शेयर लगानीकर्ताको हितग्राही खातामा जम्मा भइसकेको छ । दोलखावासी र आम सर्वसाधारणलाई क्रमशः १० र १५ प्रतिशत शेयर बिक्री गरेको हो । कम्पनीले केही वर्ष पहिले नै कर्मचारी सञ्चयकोषका कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी, सञ्चयकोषका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरेको थियो ।

कम्पनीमा ५१ संस्थापक र ४९ प्रतिशत साधारण शेयर रहेको छ । स्टकका प्रवक्ता पराजुलीले ‘धितोपत्र सूचीकरण नियमावली अनुसार’ कागजात अध्ययन गर्न एक महीना लाग्ने भए पनि सात दिनभित्र सूचीकरण गर्ने तयारी गरिएको छ ।

शुरुको कारोवार मूल्य के कति हुने भन्नेबारेमा भने स्टकले केही जानकारी दिएको छैन । शेयर बजारमा नेपाल टेलिकम पछिको ठूलो मात्राको शेयर सूचीकरण हुन लागेको हो । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छ ।

वि.सं.२०७५ पुस २४ मंगलवार १६:१९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...