Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

जाडोमा हिटर ताप्दा सावधानी अपनाउन प्रहरीको अनुरोध



२४ पुस, काठमाडौँ । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ ।

टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामान नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा