back
CTIZAN AD

 नौ भाइ भित्रै धमिराको खोजी

वि.सं.२०७५ पुस २५ बुधवार

651 

shares

२५ पुस, काठमाडौं । नेपालको राजनीतिक आन्दोलनमा नीति, विधि र पद्दति नभएको, पार्टीहरु गुट र उपगुटले थला परेको तथा सञ्चालन पद्दति हदैसम्मको स्वेच्छाचारी र अराजक भैरहेको स्थितिमा नेपालको प्रमुख राजनीतिक शक्ति नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो नेताहरुलाई कडा आचारसंहितामा बाँधेको छ ।
मंसिरमा शुरु भै पौषमा सम्पन्न भएको स्थायी समितिको बैठकले निर्णय र योजना बनाउन नसकेको अवस्थामा विधानको प्रस्तावना पुनरावलोकन, स्थायी समितिका अधिकार र सचिवालयले गर्न सक्ने निर्णय सम्मलाई सीमा तोक्ने, पार्टीको राजनीतिक प्रतिवेदनलाई चुस्त बनाउने, पोलिटव्यूरो गठन गर्ने, केन्द्रीय सदस्यको कार्य विभाजन तथा जनवर्गिय संगठन एवं जिल्ला समितिहरुको गठन टुङ्ग्याउने जस्ता महत्वपूर्ण जिम्मेवारी सहित ९ सदस्यीय कार्यदल बनाएको थियो । राम बहादुर थापा ‘बादल’ विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट,बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र रघुविर महासेठ रहेका छन् । कार्यदलमा रहेका मध्ये विष्णु पौडेल, शंकर पोखरेल र रघुबिर महासेठ ओली निकट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल माधव निकट र राम बहादुर थापा, वर्षमान पुन र लेखराज भट्ट प्रचण्ड निकट मानिन्छन् ।
२ पटक अनौपचारीक र २ पटक औपचारिक बैठक बसेको सो कार्यदलले अरु धेरै काम गर्न नसकेपनि कडा आचारसंशिता बनाएर अघि बढेको बताइएको छ । ‘सूचना लिक हुनै नहुने र अनावस्यक भेटघाट गर्न नपाइने, मिडियासँग बोल्दै नबोल्ने र कुनै व्यक्तिको कमजोरी भएको महसुस भएमा नैतिकताका आधारमा कार्यदल छोड्नुपर्ने सम्मका आचारसंहिता बनाइएको समाचार सार्वजनिक भएका छन् ।
‘कसरी चल्ने र थाल्ने ?’ भन्ने विषयमै मेडियामा जान थालेपछि कार्यदलवीच चिसो र आशंका बढेको मात्र होइन, ९ जना भित्र को धमिरो पस्यो भनेर खोज्न थालिएको बताइएको छ ।
यद्यपी नेपाली राजनैतिक आन्दोलनको उग्र अराजकतामा यो प्रयास निकै महत्वको भनिएको छ ।

वि.सं.२०७५ पुस २५ बुधवार ०९:४७ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...