back

आगोले लियो कलिला तीन बालबालिका ज्यान

वि.सं.२०७५ पुस २५ बुधवार

381 

shares
GLOBAL IME AD
NTC AD

२५ पुस, बागलुङ । गोठमा भएको आगलागीमा परी ताराखोला गाउँपालिका–४ तारागाउँका तीन बालबालिकाको ज्यान गएको छ ।

मंगलबार अपरान्ह् सवा ४ बजेतिर लागेको आगोमा परी स्थानीवासी दिलबहादुर घर्तीका ६ वर्षीया छोरी ऋतु घर्ती, ५ वर्षीय छोरा आयुष घर्ती र रुद्रबहादुर रोकाका ६ वर्षीय छोरा रनिश रोकाको ज्यान गएको वडाध्यक्ष जीतबहादुर खत्रीले जानकारी दिएका छन् ।

यमबहादुर खत्रीको गोठमा खेल्न गएका बेला बालबालिकाले झुक्किएर आफैले आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ । गोठमा राखिएको खरमा आगो सल्किँदा उक्त दुःखद् घटना निम्तिएको हो ।

आगलागीबाट गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । गोठमा वस्तुभाउ भने नभएको जनाइएको छ । इलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरी टोलीले शव निकाली घटनास्थलको मुचुल्का उठाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार ०९:५३ मा प्रकाशित

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्...

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

सगरमाथा संवादमा होला त जलवायु लगानीको जोहो ?

काठमाडौं । नेपालले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म सगरमाथा...

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

काठमाडौंको मखन गल्लीमा आगलागी, एक जनाको मृत्यु

  काठमाडौं । काठमाडौंको मखन गल्लीमा रहेका दुई घरमा आगलागी...