back

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने

वि.सं.२०७५ पुस २५ बुधवार

360 

shares
GLOBAL IME AD
NTC AD

२५ पुस, लुम्बिनी ।  कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।

बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्रामसहितको आन्तरिक बुद्धिष्ट सर्किट तथा भारतको बोधगया, राजगीर, सारनाथ र कुशीनगर जोडेर बाह्य सर्किट बनाई संसारभर बुद्धिष्ट सर्किटको एकैखाले प्याकेज तयार गर्ने तयारी भइरहेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए ।

“नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमा, भियतनाम र चीनका महत्वपूर्ण साइट जोडेर सिल्क रुटका रुपमा बुद्धिष्ट सर्किटलाई प्रवद्र्धन गरिनेछ,” उनले भने । कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सगरहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमण गराइनेछ । बिहिबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

“लुम्बिनीलाई चिनाउन कार्यक्रम फलदायी हुनेछ,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भनेका थिए । नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिष्ट इण्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिका सदस्यसचिव अच्युत शर्मा गुरागाईंले मार्टबाट पर्यटन बजारमा लुम्बिनीको महत्व अझै बढाउने बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार ०९:५३ मा प्रकाशित

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

सुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार...

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

प्रतिनिधिसभाबाट पारित भयाे भन्सार विधेयक

काठमाडौं । प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित भएको छ । मंगलबार...

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

प्रचण्डद्वारा भजनीका दुई बालबालिकाको अभिभावकत्व ग्रहण

काठमाडौं । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको...

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले आन्दोलनरत शिक्षकका माग चाँडो सम्बोधन गर्न माग...

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

श्रीमानसँगको झगडामा आफैलाई आगो लगाइन् महिला

काठमाडौँ । बालाजुमा एक महिलाले आफैँलाई आगो लगाएकी छन् ।...

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

सामुदायिक विद्यालयका शिक्षकको आन्दोलनमा प्याब्सनको ऐक्यबद्धता

काठमाडाैँ ।  निजी विद्यालयको छाता संगठन प्याब्सनले सामुदायिक विद्यालयका शिक्षकले...