back
CTIZAN AD

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने

वि.सं.२०७५ पुस २५ बुधवार

687 

shares

२५ पुस, लुम्बिनी ।  कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा तथा नवलपरासीको रामग्राम क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन व्यापारको मुख्य प्याकेजमा राख्न सहयोग पु¥याउने उद्देश्यले लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ ।

बिहिबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट हुने भएको छ । उक्त कार्यक्रमबाट आन्तरिक र बाह्य बुद्ध सर्किटको प्रवद्र्धन तथा व्यापारमा टेवा पुग्नेछ । रुपन्देहीको लुम्बिनी र देवदह, कपिलवस्तुको तिलौराकोट, कुदान, सगरहवा र निग्लीहवा, नवलपरासीको रामग्रामसहितको आन्तरिक बुद्धिष्ट सर्किट तथा भारतको बोधगया, राजगीर, सारनाथ र कुशीनगर जोडेर बाह्य सर्किट बनाई संसारभर बुद्धिष्ट सर्किटको एकैखाले प्याकेज तयार गर्ने तयारी भइरहेको नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन नाट्टाका अध्यक्ष सिएन पाण्डेले बताए ।

“नेपाल, भारत, श्रीलङ्का, थाइल्याण्ड, म्यानमा, भियतनाम र चीनका महत्वपूर्ण साइट जोडेर सिल्क रुटका रुपमा बुद्धिष्ट सर्किटलाई प्रवद्र्धन गरिनेछ,” उनले भने । कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सगरहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमण गराइनेछ । बिहिबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाले जनाएको छ ।

“लुम्बिनीलाई चिनाउन कार्यक्रम फलदायी हुनेछ,” नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भनेका थिए । नाट्टाका वरिष्ठ उपाध्यक्ष एवं बुद्धिष्ट इण्टरनेशनल ट्राभल मार्ट मूल आयोजक समितिका सदस्यसचिव अच्युत शर्मा गुरागाईंले मार्टबाट पर्यटन बजारमा लुम्बिनीको महत्व अझै बढाउने बताए ।

वि.सं.२०७५ पुस २५ बुधवार ०९:५३ मा प्रकाशित

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

नवनिर्वाचित सांसद सुशीला तामाङलाई NICCI द्वारा सम्मान तथा बधाई

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य संघ (NICCI) ले नवनिर्वाचित सांसद...

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

प्रधानमन्त्री र मन्त्रीहरूलाइ मासिक १८ हजार लेबी ताेकियाे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री,मन्त्री सांसद र...