

यता
फर्कने रहर गर्दा गर्दै स्वदेस
यतै मारिने पो हो कि भन्ने
चिन्ता छ
कुनै न कुनै बहाना बोकेर
पलायन हुनेहरुको
आफ्ना आफ्नै व्यथा छ
अर्काको भूमि
दोस्रो दर्जाको नागरिक
गर्ब गर्ने ठाऊ कमै छ
निहित स्वार्थको सपनामा
चिट चिटाहट निधारमा बोकेर
यन्त्रमय जीवनलाई
निरन्तरता दिन कठिन छ
सम्झना आउछ ती दिनहरु
अभाबमा पनि
न रित्तिने हासोको मुहान थियो
बन्धु बांधबहरु सितको
सह यात्रामा दुख टाढा भाग्दथ्यो
कथित सुबिधा र सुखमा
भौतारिदा
एक मुट्ठी हासो हास्न पनि
बहाना खोज्नु पर्ने भयो
उता
भन्छन कमायो ठुलो भयो
के सम्झन्थ्यो हामिलाई
परदेश मै मर्ने भयो
के सम्झन्थ्यो जन्मेको माटोलाई
गुनासो गर्छन
कमाउछ उसकै लागि
हाम्रो दुख के हेर्थ्यो र ?
सम्झी सम्झी कोसेली लग्यो
छुट्नेको त आफ्नै कुरो
पाउनेको पनि गुनासो
भन्छन यस्तो पनि ल्याउने हो
फर्कदा सधै चिन्ता हुन्छ
कसलाई कसरि चित्त बुझाउने हो
यताको यथार्तता र
उताको कल्पना
बिचको पर्दा कसरी हटाउने हो
सोध्न मन लाग्छ
हे देशको ठेक्का लिन्छु भन्नेहरु हो
देश सम्पन्न बनाएर
विदेश जाने बहाना
कहिले रित्याउने हो ?
वि.सं.२०७५ पुस २५ बुधवार ०९:५७ मा प्रकाशित