back
CTIZAN AD

परदेशीको व्यथा 

वि.सं.२०७५ पुस २५ बुधवार

783 

shares

यता
फर्कने रहर गर्दा गर्दै स्वदेस
यतै मारिने पो हो कि भन्ने
चिन्ता छ
कुनै न कुनै बहाना बोकेर
पलायन हुनेहरुको
आफ्ना आफ्नै व्यथा छ
अर्काको भूमि
दोस्रो दर्जाको नागरिक
गर्ब गर्ने ठाऊ कमै छ
निहित स्वार्थको सपनामा
चिट चिटाहट निधारमा बोकेर
यन्त्रमय जीवनलाई
निरन्तरता दिन कठिन छ
सम्झना आउछ ती दिनहरु
अभाबमा पनि
न रित्तिने हासोको मुहान थियो
बन्धु बांधबहरु सितको
सह यात्रामा दुख टाढा भाग्दथ्यो
कथित सुबिधा र सुखमा
भौतारिदा
एक मुट्ठी हासो हास्न  पनि
बहाना खोज्नु पर्ने भयो
उता
भन्छन कमायो ठुलो भयो
के सम्झन्थ्यो हामिलाई
परदेश मै मर्ने भयो
के सम्झन्थ्यो जन्मेको माटोलाई
गुनासो गर्छन
कमाउछ उसकै लागि
हाम्रो दुख के हेर्थ्यो र ?
सम्झी सम्झी कोसेली लग्यो
छुट्नेको त आफ्नै कुरो
पाउनेको पनि गुनासो
भन्छन यस्तो पनि ल्याउने हो
फर्कदा सधै चिन्ता हुन्छ
कसलाई कसरि चित्त बुझाउने हो
यताको यथार्तता र
उताको कल्पना
बिचको पर्दा कसरी हटाउने हो
सोध्न मन लाग्छ
हे देशको ठेक्का लिन्छु भन्नेहरु हो
देश सम्पन्न बनाएर
विदेश जाने बहाना
कहिले रित्याउने  हो ?

वि.सं.२०७५ पुस २५ बुधवार ०९:५७ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

समस्या : गार्गीजस्तै भुवनतलमा जन्मियून् श्रेष्ठ नारी

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम आमा दिन्छिन् सुगुण सबमा लिन्छ...

कविता : चित्त

कविता : चित्त

विदुर अधिकारी, रामपुर,चितवन मेरो चित्त रहन्छ मैसित सधैँ, उत्साहका साथमा...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...