back
CTIZAN AD

कविता : आदिकवि भानुभक्तप्रति

वि.सं.२०८३ साउन २ शनिवार

516 

shares

कविराज घिमिरे,भक्तपुर

असारे आली समाती जन्मे एउटा बालक
नेपाली जिमी माझमा भए भाषाका पालक
धन्य हौ माता धन्य हौ पिता सपुत जन्मायौ
भानुले गर्दा नेपालीभाषा विश्वमा चिनायौ ।। १

सम्झना गर्छौँ भानुको हामी किताब पढेर
भाषाका निम्ति उदायौ तिमी तपस्या गरेर
यो हाम्रोलागी गौरव ठान्छौँ भाषाको उत्थान
तिमीले गऱ्यौ नेपालीमाझ महँगो सृजन ।। २

सकिन्न व्याख्या रामायणको त्यहाँ छन् संस्कार
परिवन्दमा परेता पनि गरिन्छ उद्धार
घमन्डबाट सकिन्छ मान्छे त्यो पनि देखाई
सतर्क पाऱ्यौ मानिसलाई धन्य हो लेखाइ ।। ३

त्यो बधूशिक्षा पढेर सारा नेपाली सप्रिए
उन्नत कर्म गरेर आफैँ सुमार्ग पक्रिए
बुहारी सासू आमा र छोरीबिचको सम्बन्ध
दिएर शिक्षा बनायौ राम्रो मिलाई प्रबन्ध ।। ४

प्रश्नोत्तरमा संसार बुझ्ने अखण्ड माला यो
रामगीतामा रामको गाथा सजिलै पाइयो
धन्य हौ भानु हिराका छानु तिमी नै बनेछौ
स्वर्गमा जाने सजिलो बाटो तिमीले खनेछौ ।। ५

भक्तमालाको रचना गरी यथार्थ बतायौ
के गर्ने होला जीवनभरि सबाल उठायौ
धन्य हो घाँसी जसले तिम्रो मुहार खुलायो
आदिकविको पगरी बाँध्ने औसर दिलायो ।। ६

लोक लय : भ्याउरे
अक्षर सङ्ख्या : ३ – २ – ३ – २ – ३ – ३

वि.सं.२०८३ साउन २ शनिवार १०:१० मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...