back
CTIZAN AD

कविता : निर्मोही मान्छे

वि.सं.२०८३ साउन २ शनिवार

369 

shares

रामशरण न्यौपाने “पाँचघरे”, भक्तपुर

गयौ डाँडो काटी जनक र जननी देशकै मोह छोडी
बनी साह्रै स्वार्थी सबल मनुजको दिव्य कर्तव्य तोडी
यहाँको माटोमा हृदय बिच दया लेश अल्झेन तिम्रो
रह्यो के नै साथी विपुल मुलुकको निम्तिमा देन तिम्रो?॥१॥

पिता माता धर्ती सकल मनुजका पूज्य हुन् देवता ती
हुँदा धेरै टाढा अपरिचित बने दर्दमा छन् यता ती?
पुजौँ मानौँ भन्ने दिल बिच अभिधा लेश फर्केन तिम्रो
रह्यो के नै साथी विपुल मुलुकको निम्तिमा देन तिम्रो?॥२॥

गरी केही नौलो अनवरत कृया वीरले नाम राख्छन्
फिँजी आभा चारैतिर रवि जसरी दिव्य आकाश ढाक्छन्
सधैँ लाऊँ खाऊँ तिर मन दगुर्‍यो कर्म जागेन तिम्रो
रह्यो के नै साथी विपुल मुलुकको निम्तिमा देन तिम्रो?॥३॥

निसानी त्यो तिम्रो विपुल मुलुकमा खै त गाढा बनेको
कहाँ फैल्यो गुन्ज्यो बुध जन कसले नाम तिम्रो भनेको
मरे जस्तै लाग्यो अमर मनुजता खै त बाँचेन तिम्रो
रह्यो के नै साथी विपुल मुलुकको निम्तिमा देन तिम्रो?॥४॥

दुराचारी बन्दा अधिक मनुज यहाँ लोकले दर्द पाए
बिलो जस्तो ठानी गुठिल जति सबै भ्रष्टले मात्र खाए
रुँदै बस्दा धर्ती विगलित जननी आँत तड्पेन तिम्रो
रह्यो के नै साथी विपुल मुलुकको निम्तिमा देन तिम्रो?॥५॥

छन्द : शोभा
गण : य – म – त – त – न – न – गु – गु
सङ्केत : ISS – SSS – III – III – SSI – SSI – S – S

वि.सं.२०८३ साउन २ शनिवार १०:०५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...