back
CTIZAN AD

सिरियामा दुई पक्षका लडाकूबीच भिडन्त, ३२ को मृत्यु

वि.सं.२०७५ पुस २५ बुधवार

666 

shares

२५ पुस, बेरुत । कुर्दिस आवद्ध लडाकूमाथि आईएस लडाकूहरूले गरेको भीषण आक्रमणमा परी अमेरिकी सहयोगमा रहेका सिरियाली लडाकू समूहका ३२ जना लडाकूको ज्यान गएको बताइएको छ ।

सिरियन डेमोक्र्याटिक फोर्सेस (एनडीएफ) का ती ३२ जना लडाकू अमेरिकी सरकारको सहयोगमा सङ्घर्षरत् छन् । सिरियाली सैनिकका विरुद्धमा सङ्घर्ष जारी राखेका छन् र उनीहरूमाथि आईएसले कारबाही गर्ने गरेको छ ।

आइतबार सिरियाको युफारेट्स उपत्यकामा ती लडाकूका विरुद्ध आईएसले हमला थालेका थिए । त्यस क्रममा कट्टरपन्थी आईएसका पनि नौ जनाको ज्यान गएको बताइएको छ ।

सो उपत्यकामा कमजोर मौसमको फाइदा उठाउँदै जिहादीहरूले हमला गरेको समाचारमा जनाइएको छ । आइतबार अपराह्न भएको सो हमलाका क्रममा अरू पनि कैयौँ लडाकू घाइते भएको अधिकारीहरूले बताएका छन् ।

सिरियाली मानवाधिकारवादी संस्था सिरियन अब्जरभेटरीका प्रमुखले दिएको जानकारीअनुसार सो उपत्यकामा आइतबार अपराह्नबाट शुरु भएको हमला सोमबार बिहानसम्म जारी रहेको थियो ।

सोमबार बिहानसम्म ३२ जनाको शव भेटिएको र अरू कैयौँ घाइते भएका अधिकारीहरूले जनाएका छन् । उनीहरूले जहिले पनि जिहादीहरूले यस्तै खराब मौसमको समय पारेर हमला गर्ने गरेको बताएका छन् ।

सिरियामा कुर्दिस अरब गठबन्धनले करीब १७ हजार लडाकू तैनाथ गरिरहेका बताइएको छ । तिनीहरू प्रायः सबै सैनिक पृष्ठभूमिका मानिस रहेका र उनीहरूसँग पनि अत्याधुनिक हतियार रहेको छ ।

उनीहरू हालको सिरियाली सरकारका विरुद्धमा लड्ने गर्दछन् । ती लडाकूका विरुद्धमा आईएस जिहादीहरूले पनि खतरनाक रूपमा हमला गर्ने गरेका छन् ।

सो क्षेत्रमा गएको सेप्टेम्बर १० देखि ती लडाकूहरूलाई खटाइएको हो । त्यस यता उक्त क्षेत्रमा कम्तीमा पनि एक हजार ८० जना आईएस जिहादीको ज्यान गएको छ ।

साथै यस समयावधिमा उक्त क्षेत्रमा कुर्दिस लडाकूतर्फ पनि ठूलो क्षति भएको छ । उनीहरूका पनि ६०२ जना लडाकू मारिएका अधिकारीहरूले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ मा यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा अल–कायदा र इस्लामिक स्ट्टेस् जस्ता आतङ्ककारी समूह हाबी हुँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा परी ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौँ व्यक्ति घाइते भएका छन् र लाखौँले आफ्नो घर छोडी स्वदेश र विदेशमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।

वि.सं.२०७५ पुस २५ बुधवार ११:३० मा प्रकाशित

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण...

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

एआई नियममा सहकार्य चाहन्छौँ : म्याक्रोन

नयाँदिल्ली । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले द्रुत गतिमा विस्तार भइरहेको...