back
CTIZAN AD

चीनमा पटाका विस्फोट : १२ जनाको मृत्यु

वि.सं.२०८२ फागुन ७ बिहीवार

594 

shares

बेइजिङ । चन्द्र नयाँ वर्षको उल्लासबीच चीनमा भएको एक भीषण विस्फोटले १२ जनाको ज्यान लिएको छ । पाँच बालबालिका समेत मारिएको उक्त घटनाले बिदाका बेला ग्रामीण क्षेत्रमा व्यापक रूपमा प्रयोग हुने आतसबाजी सुरक्षामाथि फेरि प्रश्न उठाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार मध्य हुबेई प्रान्तको जिनपु गाउँमा बुधबार दिउँसो आतसबाजी तथा पटाका बिक्री गर्ने सामान्य पसलमा विस्फोट भएको थियो । राज्य प्रसारणकर्ता चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले बिहीबार अधिकारीहरूलाई उद्धृत गर्दै गहन खोजी तथा उद्धार कार्यपछि १२ जनाको मृत्यु पुष्टि भएको जनाएको छ । मृतकमध्ये सात जना वयस्क र पाँच जना नाबालिग रहेको बताइएको छ ।

सबै पीडितको पहिचान प्रमाणित भइसकेको जनाइएको छ । रिपोर्टअनुसार पसलका मालिक ‘मिस्टर लिन’ भनेर चिनिने एक व्यक्तिबाहेक बाँकी ११ जना आतसबाजी खरिद गर्न आएका ग्राहक थिए । मृत्यु हुने ग्राहकहरूमध्ये तीन जना करिब ७८० किलोमिटर टाढा रहेको चेङ्दुबाट आफ्ना आफन्तलाई भेट्न आएका थिए ।

चन्द्र नयाँ वर्षका अवसरमा विशेष गरी ग्रामीण क्षेत्रमा आतसबाजी र पटाखा फोड्ने परम्परा अत्यन्त लोकप्रिय छ । यद्यपि सुरक्षा र प्रदूषण नियन्त्रणका कारण पछिल्ला वर्षहरूमा धेरै प्रमुख चिनियाँ सहरहरूले यसको प्रयोगमा प्रतिबन्ध लगाएका छन् । ग्रामीण क्षेत्रमा भने यस्तो अभ्यास अझै व्यापक रूपमा जारी छ ।

विस्फोटको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । बिदाको समयमा यस्ता घातक घटना दोहोरिने क्रम चिन्ताजनक रूपमा देखिँदै आएको छ । गत आइतबार मात्र पूर्वी जियाङ्सु प्रान्तको एक आतसबाजी पसलमा भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । (रासस/एएफपी)

वि.सं.२०८२ फागुन ७ बिहीवार १६:१९ मा प्रकाशित

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

अन्तर्वार्ताको मिति छिटो मिलाइदिन्छु भन्ने दाबी गर्नेहरूसँग सावधान रहन अमेरिकी दूतावासको आग्रह

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा अन्तर्वार्ताको मिति छिटो मिलाइदिने...

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका चार प्रतिवादी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर...

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

मादक पदार्थ सेवनगरी श्रीमानद्वारा श्रीमतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका–४ देउथलीमा मादक पदार्थ सेवन (मापसे)...

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...