back

सिरियाबाट फर्किन थाले अमेरिकी सेना

वि.सं.२०७५ पुस २७ शुक्रवार

327 

shares
GLOBAL IME AD
NTC AD

२७ पुस, बेरुत । एएफपी सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुने क्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् ।

प्रवक्ता कर्णेल सिन रायानले जारी गरेका विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताएका छन् । “सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।”

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको सङ्ख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ ।

“बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेका छन्,” अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए ।

“अमेरिकी राष्ट्रपतिको घोषणापश्चात् अमेरिकी सैनिकको यो पहिलो फिर्ती हो,” उनले बताए । गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए । सिरियामा करीब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् ।

राष्ट्रपतिको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरुले चिन्ता प्रकट गरेका थिए । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट समेतका लडाकू समूह परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेका थिए ।

वि.सं.२०७५ पुस २७ शुक्रवार १६:५३ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...