back

‘रेलिगेशन’बिनाको लिगले घटाएको फुटबल रौनक

वि.सं.२०७५ पुस २८ शनिवार

474 

shares
GLOBAL IME AD
NTC AD

२८ पुस, काठमाडौँ । गत वैशाखमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नेतृत्व सम्हालेलगत्तै अध्यक्ष कर्माछिरिङ शेर्पाले भनेका थिए, “चार वर्षदेखि रोकिएको लिग यसै वर्ष शुरु गर्छु ।” एन्फामा विवाद बढ्दै जाँदा चार वर्षदेखि लिग फुटबल बन्द भएको थियो । गत वैशाखमा एन्फामा नयाँ नेतृत्व आएसँगै उसको पहिलो प्रतिबद्धता नै लिग फुटबल शुरु गर्नु थियो । नभन्दै गत असोज १३ गतेदेखि उक्त लिग फुटबल पुनः सञ्चालन भयो । सो प्रतियोगिता यही पुस २४ गते सम्पन्न भयो ।

पूर्वप्रतिबद्धता अनुसार एन्फाले लिग फुटबल सम्पन्न गरेको छ । प्रतियोगिताले केही यक्ष प्रश्न पनि उब्जाएको छ । गतिलो तयारीबिना र रेलिगेशनबिनाको लिगले त्यति राम्रो नतिजा निकाल्न सकेन । प्रत्येक लिगले देशको फुटबललाई एउटा दिशा प्रदान गर्छ । सँगै नयाँ खेलाडीको पनि उदय हुन्छ । यसपालिको लिगमा त्यसो हुन सकेन । राष्ट्रिय टोलीका मुख्य खेलाडीको प्रदर्शन समेत लिगमा सन्तोषजनक हुन सकेन ।

लिग शुरु हुँदै गर्दा एन्फा नेतृत्व र ए डिभिजन क्लबबीच‘रेलिगेशन’ र ‘ननरेलिगेशन’को रस्साकस्सी चल्यो । अन्ततः रेलिगेशनको लिग गरे आफूहरू लिग बहिष्कार गर्ने केही ए डिभिजन क्लबको धम्कीपछि रेलिगेशनबिनाकै फुटबल गर्न एन्फा राजी भयो । एन्फाले नेपालमा फुटबलको वातावरण बिग्रँदै गएको बिग्रिएको वातावरण सुधार गर्न पनि लिग गर्नैपर्ने बाध्यताबीच रेलिगेशनबिनाको लिग गर्नुप¥यो । एन्फा प्रवक्ता किरण राई बिग्रिएको फुटबललाई सही दिशामा लैजान यस वर्ष एन्फाले रेलिगेशनबिनाको लिग गरेको बताउछन् ।

“अर्को वर्षदेखि हामी रेलिगेशनकै लिग गर्नेछौँ, लिग नुहने अवस्था आएपछि रेलिगेशनबिना गरेका हौँँ, लिगपछि कम्तीमा फुटबलको वातावरण सिर्जना भएको छ, यो नै अहिलेको उपलब्धि हो ।” चार वर्षदेखि नभएको लिग गराउन सफल भएको उहाँको भनाइ छ ।

लिग निर्देशक सञ्जीव मिश्र लिग अपेक्षा गरिएको जस्तो नभए पनि ‘मामा नहुनुभन्दा कानो मामा नै ठीक’ भनेर खेलाडीले चित्त बुझाएको बताउछन् । “कम्तीमा खेलाडी तीन महीना व्यस्त भए । घरेलु फुटबलमा चहलपहल भयो । तर यतिमै चित्त बुझाएर बस्ने अवस्था छैन ।”

विभागीय टोली र केही शीर्ष स्थानका क्लबबाहेक अरुलाई लिगका लागि टिम तयार गर्न खेलाडीको सङ्कट परेको थियो । यही अभावले गर्दा थुप्रै स्थानीयस्तरका खेलाडीले पनि मौका पाए । उनीहरूको प्रदर्शनले भने कसैको ध्यान तान्न सकेन । “रेलिगेसन नगर्ने एन्फाको नीतिले कमजोर क्लबलाई फाइदा पुग्यो । प्रतियोगिताको रोमाञ्चकता भने ह्वात्तै घटायो,” राष्ट्रिय टोलीका कप्तान विराज भहर्जनको भनाइ थियो ।

मनाङको कीर्तिमानी उपाधि

मनाङ–मस्र्याङ्दी क्लबले नेपालको घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै उपाधि जितिसकेको छ । ‘ए’ डिभिजन लिगमा पनि यसले कीर्तिमानी उपाधि जित्न सफल भयो । मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा ‘ए’ डिभिजन लिग फुटबलको उपाधि उचालेको थियो । यो आठौँ पटक हो ।

मनाङलाई यसपटक कीर्तिमानी जित दिलाउन खेलाडीको त मुख्य भूमिका छ नै तर नाइजेरियन प्रशिक्षक टोपे फुजाको पनि उत्तिकै योगदान छ । मनाङले फुजालाई लिगकै लागि भनेर करीब डेढ महीनाअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । श्रम स्वीकृति नभएकाले उनले औपचारिकरुपमा प्रशिक्षकको जिम्मेवारी लिन पाएनन् । खेलाडीलाई उनले नै प्रशिक्षण दिएका थिए ।

सङ्कटाको उदय

सङ्कटा क्लब यसपालि अनपेक्षितरुपमा उत्कृष्ट प्रदर्शन गर्दै लिगको उपविजेता बन्न सफल भयो । प्रतियोगिता शुरु हुनुपूर्व निकै कमजोर मानिएको सङ्कटाले एकपछि अर्को खेलमा जित हात पार्दै सबैको ध्यानाकर्षण गराएको थियो । विसं २०४२ मा लिगको उपाधि जितेयता सङ्कटाको प्रदर्शन सन्तोषजनक थिएन । उसलाई लिगको उपविजतो बन्न ३३ वर्ष लग्यो ।

विभागीय टोलीको कमजोर प्रदर्शन

आर्मी, पुलिस र एपिएफ क्लब लिग शुरु हुनुभन्दा पहिले उपाधिको होडमा थिए । विभागीय टोलीमा नियमित प्रशिक्षण अनि त्यहीअनुसारको सेवा–सुविधा र खेल मैदान हुने भएकाले चार वर्षपछि भएको लिगमा उनीहरूले फाइदा उठाउने सबैको अपेक्षा थियो । उनीहरूको प्रदर्शन सन्तोषजनक रहेन । लिगमा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्रमश चौथो, पाँचौँ र छैटौँ स्थानमा रहँदै लिगबाट बिदा भए । लिगमा आर्मीका कप्तान भरत खवासले सात गोल गरे ।

नाम चलेका खेलाडीको कमजोर प्रदर्शन

क्लबमा नाम चलेका धेरै खेलाडीको प्रदर्शन लिगमा सन्तोषजनक रहेन । विशेषगरी नेपाली टोलीको फरवार्ड लाइन निकै फितलो देखियो । तेह्र खेल खेल्दा उच्च स्कोर सात मात्र हुनु यसैको नतिजा हो । सात गोल गर्ने खेलाडीमा मनाङका नाइजेरियन खेलाडी अफिज ओलावाले, आर्मीका कप्तान भरत खवास र थ्रीस्टारका डिफेन्डर रञ्जित धिमाल रहे ।

मनाङका कप्तान विराज महर्जन यसपटक सबैको खेल उस्तै रहेको र विशेष गरी स्ट्राइकरको प्रदर्शन निकै खस्किएको बताउछन् । भविष्यका लागि आशा जगाउने खालका युवा खेलाडी आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र च्यासलका विमल घर्तीमगरलगायतको खेल सन्तोषजनक रहेन ।

एकानब्बे खेलमा २२८ गोल

लिगमा ९१ खेल भएकोमा २२८ गोल भयो । लिगमा सबैभन्दा बढी गोल गर्ने टोली मनाङ रहेको छ । मनाङले १३ खेलमा २३ गोल गरेको छ भने सात गोल खाएको छ ।

एनआरटी र मछिन्द्रलाई ऋण अङ्क

लिगमा मछिन्द्र क्लब र न्युरोड टीम (एनआरटी)ले ऋण अङ्क बोेकेका छन् । लिग तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अङ्क बोकेका हुन् । एन्फाले यस पटक लिगमा रेलिगेशनको व्यवस्था गरेको थिएन । लिगको अन्तिम दुईमा रहने टोलीलाई ऋण अङ्ककको व्यवस्था गरिएको थियो ।

एन्फाका अनुसार तालिकाको पुछारको टोलीले दुई अङ्क र पुछारबाट दोस्रो हुने टोलीले एक अङ्क ऋण बोकेको छ । एन्फाले पुछारका तीन टिमलाई ऋण अङ्क बोकाउने निर्णय गरे पनि अन्तिम समयमा आएर दुई टोलीको मात्र अङ्क घटाउने निर्णय गरेको थियो ।

वि.सं.२०७५ पुस २८ शनिवार ०९:०७ मा प्रकाशित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ, ६ जेठ स् आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...