back

एक अर्ब ३० करोडको हकप्रद शेयर बिक्रीको स्वीकृति

वि.सं.२०७५ पुस २८ शनिवार

507 

shares
GLOBAL IME AD
NTC AD

२८ पुस, काठमाडौँ । धितोपत्र बोर्डले चालू आर्थिक वर्षको छ महीनासम्ममा कूल आठ कम्पनीलाई रु एक अर्ब ३० करोड ५६ लाख ७६ हजार ५०० बराबरको हकप्रद शेयर बिक्रीका लागि स्वीकृति दिएको छ ।

बोर्डका अनुसार कूल एक करोड ३० लाख ५६ हजार ७६५ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको हो । बोर्डले अनुमति दिएका कम्पनीमा ६ माइक्रोफाइनान्स कम्पनी रहेका छन् भने दुई बीमा कम्पनी रहेका छन् । बोर्डले एभरेष्ट इन्स्यारेन्स कम्पनीलाई एक बराबर एक दशमलव पाँच बराबरको दरले १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर रु १४ करोड ३ लाख ३२ हजार ५०० मूल्यमा बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै सूर्य लाइफ इन्स्यारेन्स कम्पनीलाई दश बराबर सात कित्ताका दरले रु ७९ करोड २३ लाख ३० हजार बराबरको ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल रहेको छ । स्वदेशी लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकका दरले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर रु ११ करोड ५० लाख बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया लिमिटेड रहेको छ ।

बोर्डले माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकका दरले तीन लाख कित्ता हकप्रद शेयर रु तीन करोड बराबरको शेयर बिक्रीका लागि अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डबाट अनुमति पाउनेमा किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि दुई बराबर एकको दरले रु दुई करोड ४० लाख २५ हजार बराबरको दुई लाख ४० हजार २५० कित्ता शेयर बिक्रीको अनुमति दिएको छ । हकप्रद शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थालाई एक बराबर एकको दरले रु १६ करोड बराबरको १६ लाख कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको बोर्डले मिथिला लघुवित्त वित्तीय संस्थालाई दुई बराबर एकको दरले रु तीन करोड २९ लाख ८९ हजारको तीन लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । नाडेपको बिक्री प्रबन्धकमा नबील इन्भेस्टमेन्ट र मिथिलाको काठमाडौँ क्यापिटल रहेको छ ।

त्यस्तै उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थालाई पाँच बराबर एकका दरले रु एक करोड १० लाखको एक लाख दश हजार कित्ता हकप्रद शेयर बिक्रीको अनुमति दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

वि.सं.२०७५ पुस २८ शनिवार ०९:०८ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...