back
CTIZAN AD

लेखक सङ्घको अध्यक्षमा युग पाठक निर्वाचित

वि.सं.२०७५ पुस ३० सोमवार

741 

shares

३० पुस,काठमाडौँ । लेखक युग पाठक अफ्रिकी, एशियाली र ल्याटिन अमेरिकी लेखक सङ्घको अध्यक्षमा निर्वाचित भएका छन् ।

मोरक्कोको रवातमा आइतबार सम्पन्न सङ्घको नवौँ अधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि सन् २०१६ मा भएको सङ्घको निर्वाचनमा पाठक उपमहासचिव निर्वाचित भएका थिए ।

अधिवेशनले इजिप्टका सरिफ अल सुवासीलाई महासचिव निर्वाचित गरेको छ भने मोरक्कोका अब्दरहिम अल अलाम सहमहासचिव चुनिएका छन् ।

अधिवेशनलाई सम्बोधन गर्दै पाठकले विश्वकै एक सम्मानित र पुरानो संस्थाको अध्यक्ष निर्वाचित हुनु नेपालका लागि गौरवपूर्ण चुनौती भएको बताएका थिए ।
विभिन्न युद्ध र गरीबी बेहोरिरहेका तेस्रो विश्वका जनताको आवाजलाई साहित्य र सांस्कृतिक अभियानका माध्यमबाट बुलन्द गरिराख्न आफूले संस्थालाई योगदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

यही पुस २७ गतेदेखि आइतबारसम्म चलेको अधिवेशनमा ‘जेरुसेलम अन द वल्र्ड सिन’ विषयमा अन्तक्र्रिया पनि आयोजना गरियो । अधिवेशनबाट पारित रवात घोषणाले संसारमा बढिरहेको असहिष्णुताप्रति चिन्ता व्यक्त गरेको छ ।

वि.सं.२०७५ पुस ३० सोमवार ०८:२९ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...