back

कर्णालीमा बढ्दै मातृ मृत्युदर

वि.सं.२०७५ माघ १ मंगलवार

408 

shares

१ माघ, वीरेन्द्रनगर । गुर्भाक–९ की ३३ वर्षीया फम्फा परियारको सुत्केरी अवस्थामा ज्यान गयो । सुत्केरी हुन प्रदेश अस्पताल कालागाउँ आएकी उनको सुत्केरी भएको नौ दिनमा ज्यान गयो । स्वास्थ्य संस्थाबाट सुत्केरीपछिको स्याहारका विषयमा आवश्यक परामर्श नहुँदा परियारको ज्यान गएको हो ।

“सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,” गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भने । यस्तै सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रदेश अस्पतालमा ज्यान गयो । गत जेठ २६ गते प्रदेश अस्पतालमा भिडियो एक्सरे गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रै देखिएको थियो । सोही दिन राति एक्कासि सुत्केरी व्यथाले च्यापेपछि उनलाई अस्पताल लगियो । राति १ बजे शल्यक्रिया गरेपछि उनको मृत्यु भएको निशाकी दिदी सुनकेशा परियारले बताए ।

“भिडियो एक्सरे गर्दा चिकित्सकले आमा र बच्चाको अवस्था राम्रै छ भनेपछि हामीले अन्यत्र लगेनौँ”, उनले भने, “एक्कासि चिकित्सकले बच्चा मरेको छ शल्यक्रिया गर्नुपर्छ भने । पछि आमालाई बचाउन सकिएन भने ।” चिकित्सकको लापर्वाहीले बहिनीको ज्यान गएको उनको आरोप छ ।

जिल्लामा रहेका स्वास्थ्य संस्थामा हुने यस्ता खालका लापर्वाहीबाट सुत्केरीको ज्यान जाने गरेको छ । पर्याप्त जनशक्ति नहुनु र भए पनि दक्ष जनशक्तिको अभाव तथा अनुदान रकमका लागि शल्यक्रिया गर्ने गरेका कारणले यस्ता घटना निम्तिने गरेका छन् । कतिपयको स्वास्थ्य संस्थामा पु¥याउने क्रममा बाटोमै ज्यान जाने गरेको छ ।

यस्तैमध्येकी हुन् सुर्खेतकी कविता परियार । समयमै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा परियारको मृत्यु भयो । सुत्केरी व्यथा लागेपछि जिल्ला बाहिरको स्वास्थ्य संस्थामा पठाउने क्रममा उनको मृत्यु भएको स्थानीयवासी निर्मला केसीले बताए । उनले भारतमा गएर असुरक्षित गर्भपतन गराएकी थिइन । नजिकको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि उनलाई जिल्ला बाहिरको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

चिकित्सकको लापर्वाहीले होस या, बर्थिङ सेन्टरमा दक्ष जनशक्तिका साथै उपकरण नहुँदा वर्षेनी कर्णाली प्रदेशमा सुत्केरी महिलाले ज्यान गुमाउनुपरेको छ । पाँच वर्षयता कर्णाली प्रदेशमा ११५ महिलाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी जाजरकोट र मुगुका सुत्केरी रहेका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार आव २०७०-७१ मा ३३, २०७१-७२ मा १४, २०७२-७३ मा १३, २०७३-७४ मा १८ तथा आव २०७४-७५ मा ३७ सुत्केरीले ज्यान गुमाएका छन् ।

सुर्खेतमा ५२ स्वास्थ्य संस्था तथा दुई अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा छ । अधिकांशमा दक्ष जनशक्ति र उपकरणको अभाव छ । नजिकको स्वास्थ्य संस्थाप्रति अधिकांश नागरिकको विश्वास हुँदैन । सुविधा भए पनि नजिकको स्वास्थ्य संस्थामा प्रसूति गराउन नजाने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका सूचना अधिकारी वसन्त श्रेष्ठ बताउछन् ।

पछिल्लो समय असुरक्षित गर्भपतनका कारण मातृ मृत्युदर बढेको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सङ्गीता खड्का बताउछन् । “भारत गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक छ, यसले सुत्केरी अवस्थामा जटिलता ल्याउने गरेको छ,” उनले भने, “यस क्षेत्रमा रक्तअल्पताका कारण तथा समयमै स्वास्थ्य संस्थामा नजाँदा महिलाको ज्यान जाने गरेको छ ।”

सुत्केरी बचाउन हेलिकप्टर चार्टर

कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउन थालेको छ । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाली सरकारले उक्त अभियान चलाएको हो । प्रसूतिका जटिल खालका समस्या भएका र स्थानीयस्तरमा उपचार असम्भव भएको अवस्थामा हेलिकप्टरमार्फत अस्पताल लैजाने गरिएको छ ।

कर्णाली सरकारले गत वर्ष फागुनयता १४ सुत्केरीलाई हेलिकप्टर चार्टर गरी अस्पताल पु¥याएको सामाजिक विकासमन्त्री दलबहादुर रावलले बताए । “कर्णालीमा सुत्केरीको ज्यान जोगाउन अभियान चलाएका हाँै” उनले भने, “अब यहाँका बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न गराउन पहल गर्दैछौँ ।” पाठेघर खस्ने महिलाका लागिसमेत विशेष अभियान चलाउँदै आएको मन्त्री रावलले बताए । कर्णालीका १० जिल्लामध्ये सुर्खेतबाहेकका जिल्लामा हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई अस्पतालमा पु¥याउन थालिएको छ ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:४३ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...