Logo
२२ जेष्ठ २०८०, सोमबार
     Mon Jun 5 2023
E-paper
  English Edition
   Unicode
Logo

खप्तड गोल्ड कप : थ्री स्टार सेमिफाइनलमा प्रवेश



१ माघ, धनगढी । भ्याली च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ‌।

धनगढी रङ्गशालामा सोमबार भएको क्वार्टर फाइनलमा च्यासल युवा क्लबलाई १–० गोलले पराजित गर्दै थ्री स्टार अन्तिम चारमा पुगेको हो । खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रुपेश केसीले गोल गरेका थिए ।

यसअघि खेलको सातौँ मिनेटमा सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पञ्च गरिदिए । साथै १९औँ मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्री किक क्रसबारमा लागेर फर्केपछि गोल गर्ने अवसर गुमेको थियो भने २८औँ मिनेटमा सुनील बलले पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहार पोस्टको भित्री भागमा लागेर फर्कियो । यस्तै ३९औँ मिनेटमा थ्री स्टारका अनन्त तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षकले सहज नियन्त्रणमा लिए ।

दोस्रो हाफको ५८औँ मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो । अर्माण्डको प्रहार अनन्तले रोकेपछि आएको रिबाउण्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन । ८१औँ मिनेटमा रञ्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्कियो ।

खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी ‘म्यान अफ द म्याच’ बन्दै रु  १० हजार पुरस्कार प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण नै जीत हासिल भएको प्रतिक्रिया दिए ।

आगामी बुधबार रुस्लान थ्री स्टार र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच सेमिफाइनल प्रतिस्पर्धा हुनेछ । मङ्गलबार अन्तिम क्वार्टरफाइनल प्रतिस्पर्धा सिएमजी सङ्कटा क्लब र क्यामरुनको दाफिनास एफसीबीच हुन लागेको आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यायाधीश नियुक्तिसम्बन्धी व्यवस्था नेपालको संविधानले न्यायसम्बन्धी अधिकार संविधान, अन्य कानून र न्यायका मान्य सिद्धान्तबमोजिम

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पु¥याउँछन् भन्ने कुरा धनगढीमा

काठमाडौँ । भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी