back

प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको भन्दै रिट दायर

वि.सं.२०७५ माघ १ मंगलवार

501 

shares
GLOBAL IME AD
NTC AD

१ माघ, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजबिक्रम चन्दले संयुक्त रूपमा सोमबार दायर गरेको रिट निवेदनमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख छ ।

रिटमा कानूनले किटान गरेको कानून र प्रक्रिया बमोजिम अर्को प्रक्रिया अवलम्बन गर्न र सोहीअनुसार सभा गठन गरी उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न माग गरिएको हो । संविधानको मर्म र भावनाअनुसार समावेशी तरिकाले प्राज्ञ नियुक्ति गर्नसमेत रिट निवेदनमा माग गरिएको छ ।

सरकारले यही पुस १५ गते प्रतिष्ठानमा कुलपति कान्छाकुमार कर्माचार्य, उपकुलपति तथा सचिवमा गोपाल चित्रकार र विपिन घिमिरेलाई नियुक्त गरेको थियो । त्यसैगरी अन्य छ सदस्यमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, बुद्धि गुरुङ, धर्मराज शाक्य र सुष्मा राजभण्डारीलाई नियुक्त गरेको थियो ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:४८ मा प्रकाशित

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आवको नौ...

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

सुरु भयो यस यामको ‘हनिहन्टिङ’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ स्वाँतमा रहेका भिरहरुमा महशिकार...

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन

बनियानी (झापा) । झापाको हल्दिबारी गाउँपालिकाको वडा नं ५ र...

झेँदी पुल निर्माण सम्पन्न

झेँदी पुल निर्माण सम्पन्न

गुल्मी । मुसिकोट नगरपालिका–३ बडागाउँ र ७ को वामी जोड्ने...