back
CTIZAN AD

प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको भन्दै रिट दायर

वि.सं.२०७५ माघ १ मंगलवार

825 

shares

१ माघ, काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन सिंह र राजबिक्रम चन्दले संयुक्त रूपमा सोमबार दायर गरेको रिट निवेदनमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख छ ।

रिटमा कानूनले किटान गरेको कानून र प्रक्रिया बमोजिम अर्को प्रक्रिया अवलम्बन गर्न र सोहीअनुसार सभा गठन गरी उपयुक्त व्यक्तिलाई नियुक्ति गर्न माग गरिएको हो । संविधानको मर्म र भावनाअनुसार समावेशी तरिकाले प्राज्ञ नियुक्ति गर्नसमेत रिट निवेदनमा माग गरिएको छ ।

सरकारले यही पुस १५ गते प्रतिष्ठानमा कुलपति कान्छाकुमार कर्माचार्य, उपकुलपति तथा सचिवमा गोपाल चित्रकार र विपिन घिमिरेलाई नियुक्त गरेको थियो । त्यसैगरी अन्य छ सदस्यमा रमेश खनाल, मिथिलादेवी यादव, लालकाजी लामा, बुद्धि गुरुङ, धर्मराज शाक्य र सुष्मा राजभण्डारीलाई नियुक्त गरेको थियो ।

वि.सं.२०७५ माघ १ मंगलवार ०९:४८ मा प्रकाशित

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...